

सितगंगाको पावरमा भलिवल प्रतियोगिता आयोजनाको तयारी

अर्घाखाँची । नमुना युथ क्लब सितगङगा १४ पावरले भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । खेल यहि चैत्र १३ गते देखि १५ गते सम्म २ दिन संचालन हुने भएको हो । सितगङगा नगरपालिका वार्ड न १४ पावरमा हुने खेल पावर युथको क्लबको आयोजना र वार्ड न १४ वार्ड कार्यलयको सह आयोजनामा हुने भएको छ। साथौ मैत्रीपुर्ण ढङ्गबाट हुने खेलमा सहभागिता जनाउनका लागि क्लब सङग सम्पर्क गर्न क्लबका अध्यक्ष बिष्णु सारुले सम्पुर्ण खेलाडी मित्रजनहरुमा अनुरोध गर्नु भएको छ ।
साथै क्लबले यहि चैत्र १२ गते साझ ६ बजे सम्ममा खेलाडीले आफ्नो टिम दर्ता गराई उपयुक्त अवसरको सदुपयोग गर्नुहुन जानकारी गराएको हो । पावर खेल मैदानमा हुने निकै रोमाञ्चक र खेलमैत्री खेलमा धेरै टिमले टिम दर्ता गर्ने अपेक्षा गरिएको छ । साथै खेलमा प्रथम , द्वितीयत , तृतीय र सान्त्वना हुने टिमलाई क्रमशः २० हजार नगद , मेडल, प्रमाण तथा शिल, १५हजार नगद मेडल, प्रमाण तथा शिल , १० हजार , मेडल, प्रमाण तथा शिल , ५ हजार नगद प्रदान सहित सम्मान गर्ने भएको छ ।
टाईसेट अनुसार खेलाईने नियमबद्द खेलमा आफ्नो क्षेत्रमा रहेका खेल प्रेमी साथिहरु लाई यथाशीघ्र सम्पर्क गरि आफ्नो सिट सुरक्षित गर्दै खेलमा सहभागी भइदिनुहुन अनुरोध गरिएको र धमाधम टिम दर्ता प्रक्रिया सुरु भइरहेको क्लबले जनाएको हो ।
साथै खेल संचालनका सन्दर्भमा सहयोग गर्ने सफल युवा ब्यावसायी हिरा बहादुर केसी , एलिसा मोबाइल सेन्टरका संचालक बिकाश न्यौपाने र पावर सामुदायिक बन उपभोक्ता समितीलाई बिशेस धन्यवाद प्रकट गर्दै सम्मान गर्ने भएको क्लबले जनाएको हो ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया