जनसेवा आधारभूत विद्यालयको ६ कोठे पक्की भवनको शिलान्यास

कपिलवस्तु ।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ८ उदयपुर मोर्मी स्थित जनसेवा आधरभूत विद्यालयको प्राङ्गणमा ६ कोठे पक्की भवन निर्माण हुने भएको छ । सो भवन निर्माणका लागि वडा नम्बर ८ का वडा अध्यक्ष गुणानिधि भुषालले शिलन्यास गर्नुभएको छ ।

विद्यालयमा रहेका भवनहरु जिर्ण बन्दै गएपछि वाणगंगा नगरपालिकाको ३६ लाख लागतमा चारकोठे पक्कि भवन बन्दै छ भने प्रतिनिधि सभा सदस्य चक्रपाणी खनाल बल्देवको संसदीय क्षेत्र विकास कोषबाट रु ११ लाखको लागतमा २ कोठे पक्की भवन निर्माण हुन लागेको हो । दुबै भवनको शिलान्यास सँगै निर्माण कार्य समेत सुरु भएको विद्यालयका प्रधानाध्यापक ज्ञानप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

त्यस्तै वाणगंगा नरपालिकाको मेयर कोषबाट १ लाखको लागतमा सो विद्यालयमा गेट समेत निर्माण गरिएको उहाँले बताउनुभयो । त्यस्तै चारकोठे भवन निर्माणका लागि जनसहभागिताको ७ लाख ३४ हजार र दुई कोठे भनका लागि २ लाख २८ हजार ६० रुपैयाँ ९० पैसा जनसहभागितामा लागानि गरिने प्रधानाध्यापक पाण्डेले जानकारी दिनुभयो ।

भवनको शिलान्यास कार्यक्रममा वडा अध्यक्ष गुणानिधि भुषालको प्रमूख आतिथ्यता सहित वडा सदस्य शिवप्रसाद पाण्डे, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पार्वती थापा, शिक्षक अभिभावक संघका अध्यक्ष दुर्गा रेग्मी, व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक कर्मचारी, स्थानिय समाजसेवी लगाएतको उपस्थिति रहेको थियो ।

जनसेवामा बन्ने ६ कोठे पक्कि भवन निर्माण सम्पन्न भएपछि भौतिक पुर्वाधारमा केही सहजता थपिने विद्यलयले जनाएको छ ।

प्रतिक्रिया

खबर सबै