कारागारभित्र पुस्तक छलफल – एउटा नया अभ्यास

कपिलवस्तु

देशभित्रका कारागारभित्र पुस्तकालय स्थापना गरिरहेको राष्ट्रिय पुस्तकालय अभियानले, पुस्तकालय स्थापना गरिसकेका कारागारमा पुस्तक छलफल तथा विमर्श श्रृङ्खला सुरु गरेको छ।

यस अभियानले यही कात्तिक ३० गते पुस्तकालय स्थापना गरेको जिल्ला कारागार कपिलवस्तुमा कारागार प्रमुख राकेश पाण्डे, दुईवटा छुट्टाछुट्टै ब्लकका लाइब्रेरियन(पुस्तकालय नाइके) दावा लामा र रवि भट्टराई तथा कारागारभित्रका नियमित पाठक मध्यका डा. दीपेन्द्र , प्रितम चौधरी , अरुण थापा र दुजमान सुनारसँग उहाँहरूको अध्ययन तथा काराभित्र रहेर पढिरहदाका अनुभवहरू बारे प्रश्न गरिएको थियो।

कारागारको ब्लक १ मा रहेका १७५ जना कैदीबन्दिहरू मध्ये पुस्तकालय नाइके रवि भट्टराईले लिएको तथ्याङ्क अनुसार ५५ जना नियमित पाठक थिए तथा त्यो सङ्ख्या मध्येका केहिले लेख्नेकाम पनि गरेका थिए।

त्यसैगरि ब्लक २ का २१२ कैदिबन्दिहरू मध्ये १००ले जना नियमित अध्ययन गर्ने पुस्तकालय नाइके दावा लामाले जनाएका थिए। तथा अझैपनि मागअनुसार पुस्तक उपलब्ध गराउनसके यो सङ्ख्या अझै बढ्नसक्ने कुरापनि राखेका थिए।

राष्ट्रिय पुस्तकालय अभियानका संयोजक हरि प्रसाद खनालका अनुसार यो सङ्ख्या आशा गरेभन्दा राम्रो हो, भने आउने दिनहरूमा यसलाई अझैपनि बढाउन सकिन्छ।

कारागारभित्र रहेर नियमित पढ्नेहरू मध्येका धैरे त कारागारभित्र आएपछि मात्र पढ्न सुरु गरेको पनि बताएका थिए।

तपाईँले पहिला पनि नियमित अध्ययन गर्नुहुन्थ्यो अथवा यहाँ यता आएपछि मात्र सुरु गर्नुभएको भनि प्रश्न गर्दा ब्लक १ डा. सुरेन्द्र चौरसियाले भन्नुभयो “म बाहिर हुँदा काममा नै व्यस्त हुन्थे, काम बाहेको समय परिवारलाई पनि दिनुपर्यो । यहाँ आइसकेपछि केहि समय ‘डिप्रेस्ड’ हुनेजस्तो पनि भयो तर अहिले भने किताब राम्रो साथि बनेको छ।”

दावा लामाको अनुभव भने भरक छ, एस. एल. सी उत्तीर्ण गरि व्यापार सुरु गरेका उनले आफुलाई पहिलेबाट नै पढ्ने नशा रहेको बताए। कारागारभित्र रहेर पढ्नु र कारागार बाहिर रहेर पढ्नुमा के अन्तर रहेछ भनेर प्रश्न गर्दा उनले भने ” हामीलाई कैदी भनेर सम्बोधन गरेपनि हामीजस्तो स्वतन्त्र अरूकोहि छैन(पढ्ने कुरामा)। बाहिर हुँदा एउटा पुस्तक सक्काउन पनि धेरै दिन लाग्थ्यो भने अहिले पढाइको कुरामा भने यो ठाउँले भाईदा नै पुर्याइयो छ, अनुभवकै कुरा गर्दा पढ्ने कुरामा भने बाहिर भन्दा मलाई भित्र नै आनन्द आउँछ। मैले अहिलेसम्म यहाँ रहेर पढेका पुस्तकहरू मध्ये मन परेका र सम्झन लायक पुस्तकहरू दामिनि भिर, शिरीषको फूल , पारिजात , काठमाडौंमा एकदिन, जीत तपाइको , थिङ्क एन्ड ग्रो रिच, अनि अरू कविताका किताबहरू पनि रहेका छन्।

पहिले शिक्षण पेशामा आबद्ध रहेका ब्लक १ का प्रितम चौधरीको अनुभव पनि त्यस्तै नै रहेछ भने ब्लक २ का अरुण थापा भने आफुलाई प्रेम कथाका पुस्तकहरू मनपर्ने बताए , “साया , मेरी उनी , समर लभ मलाई धेरै मनपरेका पुस्तक हुन्।” उनी पनि कारागारभित्र आएपछि मात्र पढ्न सुरुगरेका मध्ये हुन।

ब्लक २ का पुस्तकालय नाइके रोहित भट्टराईलाई ” तपाईँले त सबैलाई राम्रोसँग नियाल्नुभएको छ यहाँ नियमित पढ्ने र नपढ्नेहरूबिचको व्यवहारमा कस्तो भिन्नता देख्नुभएको छ?” भनि प्रश्न गर्दा उनले भने ” पक्कैपनि पढ्ने र नपढनेहरूमा फरक त देखिएको नै हुन्छ, पढ्नेहरू धेरै खुसी नै देखिन्छन्, सबैसँग सजिलै मिलेर बस्न पनि अप्ठ्यारो मान्दैनन् उनीहरूले आफ्नो जिम्माको काम राम्रोसँग गरेको देखिन्छ। एकदमै ठूलो फरक नदेखिएपनि उनीहरूमा आंशिक फरक भने देखिएको नै हुन्छ।

प्रतिक्रिया

खबर सबै