

सरकारविरुद्ध अविश्वासको प्रस्ताव आउने सम्भावना छैनः ओली



काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध अविश्वास प्रस्ताव आउने कुनै सम्भावना नरहेको दावी गरेका छन् । पार्टी संसदीय दलको बैठकमा सांसदहरुलाई आश्वस्त पार्दै ओलीले भने, ‘यो सरकारविरुद्ध कसैले अविश्वासको प्रस्ताव ल्याउन सक्ने सम्भावना नै छैन । अविश्वास प्रस्ताव ल्याउन सक्ने ल्याकत कसैमा देखिएको छैन ।’
उनले आफू नेतृत्वको सरकारविरुद्ध कसैले अविश्वास प्रस्ताव ल्याउँथ्यो भने प्रतिनिधिसभा पुनःस्थापना भएसँगै ल्याउँथे भन्दै सरकार नढल्ने बताए ।








प्रतिक्रिया