
वाइ सि एल कपिलवस्तुको संयोजकमा बन्जाडे


कपिलवस्तु
सर्वोच्च अदालतले साविकका नेकपा माओवादी केन्द्र र नेकपा एमालेलाई पहिले कै अवस्था ल्याएपछि आ–आफ्नो स्थानमा आएका माओवादी केन्द्र र नेकपा एमाले अहिले अलग रहेका छन् । यसैविच माओवादी केन्द्र निकट वाई सी एल नेपालको चौथो पूर्ण बैठकबाट विभिन्न तहको नेतृत्व छनौट गरिएको छ । जसमा कपिलवस्तु जिल्ला संयोजकको जिम्मेवारी शिव बञ्जाडेले पाउनु भएको छ । उहा प्रचण्ड माधव समुहको यूवासंघको जिल्ला संयोजक हुनुहुन्थ्यो । एमाले र माओवादी अलग भएपछि बन्जाडे वाइसिएलको जिल्ला संयोजकको जिम्मेवारी पाउनु भएको हो ।
यता माओवादी केन्द्रको सहायक संगठन योङ कम्यूनिष्ट लिग नेपाल (वाईसीएल) फेरि व्यूँतिएको छ । हिजो काठमाडौंमा आयोजित एक कार्यक्रममा वाईसिएल ले आउँदो जेठ २८ देखि ३० गतेसम्म राष्ट्रिय भेला गर्ने निर्णय भएको छ । सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्र र नेकपा एमाले पार्टी व्यूँताएपछि काठमाडौंमा चैत्र ४ र ५ गते बसेको माओवादी केन्द्र निकट वाईसीएल नेपाल केन्द्रीय समितिको चौथो पूर्ण बैठकले उक्त निर्णय गरेको हो । भेलाले नयाँ नीति र नेतृत्व चयन गर्ने वाइसीएलका सचिव पुष्प ओलीले बताए ।
संगठनलाई चलायमान गराउनका लागि भन्दै राष्ट्रिय भेला अगावै टोल कमिटी देखि प्रदेश कमिटी सम्मका भेलाहरु आयोजना हुने र राष्ट्रिय भेलाका प्रतिनिधिहरु प्रदेश भेलाबाट चुनिएर आउने सचिव ओलीले बताए । बैठकले राष्ट्रिय भेला अगावै अर्थात् करिब दुई महिनामा दुई लाख नयाँ सदस्यता विस्तार गर्ने निर्णय समेत गरेको छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया