

कपिलवस्तुको पिपरा अस्पताल बिरुद्ध नागरिकहरु आन्दोलित



कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर २ पिपरास्थित पिपरा अस्पतालको सेवा प्रभाबकारी नभएको भन्दै स्थानियहरुले आज नाराबाजी सहित जुलुस गरेका छन ।
लामो समयदेखी अस्पालत समिति ,प्रशासन र स्थानियबिचमा सम्बन्ध बिग्रदै गएको भन्दै स्थानियहरुले नाराबाजी र जुलुस निकालेका हुन । अस्पातलाको सेवा सुबिधा प्रति असन्तुष्ट स्थानियहरुले अस्पतालबाट पाउने सेवा सुबिधा सहज रुपमा नपाएको र अस्पताल समिति र प्रशासन बिच राम्रो तालमेल नहुदा बिरामीहरुले सास्ती खेप्न बाध्य भएको गुनासो गरेका छन् ।
यता सेवाग्राहीका समस्या र गुनासालाई मध्यनजर गर्दै मानब अधिकार रक्षक जिल्ला सञ्जाल कपिलवस्तुले आफ्नो गम्भिर ध्यानआकर्षण भएको जनाएको छ । जिल्ला सञ्जालका संयोजक दोलख बहादुर पछाईले यस समस्यालाई तुरुन्दै समाधानका लागि सम्बन्धित निकायले समयमै आवश्यक कदम चाल्नुपर्ने माग गर्नुभएको छ ।
पिपरा अस्पतालको एम्बुलेन्समा १ हप्ता देखितेल (डिजेल) हाल्न नपाउदा बन्द रहेको छ । जसका कारण आउने बिरामी मर्कामा पर्दै आएका छन । गत एक हप्तादेखि अस्पतालमा उपचारका लागी आएका बिरामीलाई बुटवल लैजान पर्दा टोकन लिनु पर्ने तर अस्पतालकी डाक्टर रञ्जीता महत्तोको मनपरिका कारण जिवन मरण चरणमा रहेका मानिसले समेत उपचार सेवाबाट बञ्चित भएका छन् ।


खबर सबै
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की
-
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब रुपैयाँ जम्मा
-
सरकारले विदेशसँग माग्यो उद्धार सामग्री
-
प्रधानमन्त्री बालेनले लेखे – प्रिय जेनजी सुशासन कायम हुने नै छ
-
वालेनलाई सुशीलाको सन्देशः राजनीतिक स्थायित्व संसदीय गणितले होइन, शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्छ
-
चार धाम जोडेर ‘रुरु महास्नान’ आयोजना गरिने
-
प्रधानमन्त्री बालेनले लेखे – प्रिय जेनजी सुशासन कायम हुने नै छ
-
वालेनलाई सुशीलाको सन्देशः राजनीतिक स्थायित्व संसदीय गणितले होइन, शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्छ
-
चार धाम जोडेर ‘रुरु महास्नान’ आयोजना गरिने
-
हङकङले दियो नेपाललाई २६२ रनको लक्ष्य
-
आज ‘जेनजी’ शहीद दिवस : सार्वजनिक बिदा
-
रसुवा बाढीका मृतकहरुकाे सम्झनामा बाणगंगामा श्रद्धाञ्जली तथा शोकसभा






प्रतिक्रिया