

२४ सदस्यीय एमाले संसदीय बाेर्डमा झलनाथ खनाल र माधव नेपालसमेत मनाेनित




काठमाण्डाै
नेपाल कम्युनिस्ट पार्टी एमालेको संसदीय दलको बैठकले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा २४ सदस्यीय संसदीय बोर्ड गठन गरेको छ । बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा एमालेको संसदीय दलको बैठकले पार्टीकाे संसदीय दलका नेता केपी शर्मा ओलीको संयोजकत्वमा २४ सदस्यीय संसदीय बोर्ड गठन गरेको सांसद शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
संसदीय दलको उपनेता सुवासचन्द्र नेम्वाङ, प्रमुख सचेतक विशाल भट्टराई र सचेतक शान्ता चौधरी पदेन सदस्य रहने संसदीय बोर्डमा नेताहरू झलनाथ खनाल र माधवकुमार नेपाललाई समेत समेटिएको छ ।
त्यसैगरी सदस्यमा सुमन प्याकुरेल, विमला राई पौडेल, खिमलाल भट्टराई, राधा ज्ञवाली, दामोदर भण्डारी, बिन्दा पाण्डे, विद्या भट्टराई, राजेन्द्र राई, रेखा झा, शेरबहादुर तामाङ, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, नारदमुनि राना, मोहन बानियाँ, भूपेन्द्र थापा, खेम लोहनी, सरिता न्यौपाने र विमला विक रहेको सांसद तामाङले जानकारी दिनुभयो ।
त्यस्तै बैठकले नेकपा एमालेको संसदीय दलको विधान संशोधनका लागि प्रमुख सचेतक विशाल भट्टराईको संयोजकत्वमा शेरबहादुर तामाङ र विमला राई पौडेल सदस्य रहेको विधान संशोधन कार्यदल पनि बनाएको उहाँको भनाइ छ ।
संसदीय दलको अर्को बैठक चैत ७ गते बोलाइएको सांसद तामाङले जानकारी दिनुभयो ।


खबर सबै
-
अमेरिकामा आज मध्यावधि चुनाव, ट्रम्पलाई दुवै सदनमा बहुमत जोगाउने चुनौती
-
अन्तर्राष्ट्रिय क्रिकेटबाट अस्ट्रेलियाका ग्लेन म्याक्सवेलको सन्यास
-
आज र भोलि भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदै
-
एनपीएल : विराटनगर-जनकपुर तथा लुम्बिनी-पोखरा भिड्दै
-
अर्घाखाँची : सात तालको लयमा गुन्जियो भैरव नाच
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएल : विराटनगर-जनकपुर तथा लुम्बिनी-पोखरा भिड्दै
-
अर्घाखाँची : सात तालको लयमा गुन्जियो भैरव नाच
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद







प्रतिक्रिया