

स्वर्गिय प्रधानाध्यापक भट्टराईको स्मृतिमा गेट निर्माण



सागर पौडेल, कपिलवस्तु -प्रभाकर माध्यामिक बिद्यालय सिमलपानीका पुर्व प्रधानाध्यापक स्वर्गिय पिताम्बर भट्टराईको स्मृति दिवशको अवसरमा एक भव्य समारोहका बिच प्रभाकर मा.वि.मा गेट तथा शालिक निर्माण गरिएको छ । कार्यक्रममा बिद्यालयका पुर्व प्रधानाध्यापक भट्टराईले गरेका योगदानको बारेमा चर्चा गरिएको थियो । सो अवसरमा उनका परिवार तथा दाजुहरुको तर्फबाट दुई लाखको अक्षयको घोषणा गरिएको छ । कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले स्वर्गिय पिताम्बर भट्टराइले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दे लुम्बिनी प्रदेश सरकार ,सामाजिक विकास मन्त्रालयको सहयोगमा बिद्यालयमा ४ कोठे भवन निर्माण भएको बताएका छन् । हाम्रा आवश्यकताहरु धेरै र श्रोत साधन कम भएकाले जनताले चाहे जस्तो गतिमा विकास हुन नसकेता पनी बिस्तारै सबै क्षेत्रको विकास हुदै जाने बताएका छन् । मन्तव्यकै क्रममा अव बिस्तारै संघिय सरकार र प्रदेश सरकारको पहलमा भेडामारे देखी सिमलपानी हुदै पिपरा जोड्ने वाटो कालोपत्रे हुने बताएका छन् । कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य जाल्पा भुसालले स्वर्गिय प्रधानाध्यापक पिताम्बर भट्टराईले शिक्षा क्षेत्र र समाजमा पुर्याएको योगदान अहिले जिवन्न बनिरहेको बताएकी छन् । उहाँले देखाएको बाटोमा सबैजना हिड्न सके समाजले काँचुली पर्ने बताएकी छन् ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश राजस्व अनुसन्धान कार्यालय प्रमुख राजन कुमार बि.सी. आफु यही क्षेत्रमा हुर्किएर, वढेर अनि पढेर आज नेपाल सरकारको जागिरे भएको बताएका छन् । अहिले आफु जागिरको शिलशिलामा बाहिर गएतापनी गाउँप्रतिको मोह र स्नेह अहिले पनी ताजै रहेको बताएका छन् । कार्यक्रममा स्वर्गिय भट्राइकी बहिनी देवकला भट्टराईले दाजु सधै घर परिवार , गाउँ छिमेक र बिद्यालयको लागी प्रेरणाको श्रोत भएको बताएकी छन् । कार्यक्रममा कार्यक्रम शितगंगा नगरपालिका वडा नं १३ का वडाध्यक्ष तथा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा बहादुर बि.सी.ले वडाको तर्फबाट प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरे र जाल्पा भुसाललाई शितगंगा नगरपालिका वडा नं १३ को विकास निर्माणका लागी ज्ञापन पत्र पेश गरेका छन् ।
कार्यक्रम शितगंगा नगरपालिका वडा नं १३ का वडाध्यक्ष तथा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा बहादुर बि.सी.को अध्यक्षता,लुम्बिनी प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेको प्रमुख आथित्यता , लुम्बिनी प्रदेश सभा सदस्य जाल्पा भुसालको को बिशिष्ट आथित्यता,नेकपा एमाले शितगंगाका अध्यक्ष बसन्त श्रेष्ठ,लुम्बिनी प्रदेश राजस्व अनुसन्धान कार्यालय प्रमुख राजन कुमार बि.सी.,शितगंगा नगरपालिका वडा नं १४ का वडाध्यक्ष दामोदर न्यौपाने,नेपाली कांग्रेस सभापती नुन ब.वि.सी.लगायतको उपस्थिती रहेको कार्यक्रमको संचालन श्याम बहादुर बि.सी.ले गरेका थिए ।


खबर सबै
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की
-
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब रुपैयाँ जम्मा
-
सरकारले विदेशसँग माग्यो उद्धार सामग्री
-
प्रधानमन्त्री बालेनले लेखे – प्रिय जेनजी सुशासन कायम हुने नै छ
-
वालेनलाई सुशीलाको सन्देशः राजनीतिक स्थायित्व संसदीय गणितले होइन, शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्छ
-
चार धाम जोडेर ‘रुरु महास्नान’ आयोजना गरिने
-
प्रधानमन्त्री बालेनले लेखे – प्रिय जेनजी सुशासन कायम हुने नै छ
-
वालेनलाई सुशीलाको सन्देशः राजनीतिक स्थायित्व संसदीय गणितले होइन, शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्छ
-
चार धाम जोडेर ‘रुरु महास्नान’ आयोजना गरिने
-
हङकङले दियो नेपाललाई २६२ रनको लक्ष्य
-
आज ‘जेनजी’ शहीद दिवस : सार्वजनिक बिदा
-
रसुवा बाढीका मृतकहरुकाे सम्झनामा बाणगंगामा श्रद्धाञ्जली तथा शोकसभा






प्रतिक्रिया