
जसपा संसदीय दलको निर्णय- तत्काल सत्ता सहकार्यमा नजाने


काठमाडौं
जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीले राख्नुभएको सत्ता सहकार्यको प्रस्ताव तत्काल स्वीकार नगर्ने निर्णय गरेको छ । मंगलबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री ओलीको कदम प्रतिगामी भएको ठहर गर्दै तत्काल सत्ता सहकार्य गर्न नसक्ने निष्कर्ष निकालेको हो ।
सत्ता सहकार्यका विषयमा सरकार, एमाले, माओवादी केन्द्र, कांग्रेस लगायतसँग वार्ता गर्न कार्यदल निर्माण गर्ने निर्णयसमेत गरेको प्रतिनिधिसभा सदस्य एवम् जसपाका सदस्य राजकिशोर यादवले जानकारी दिनुभयो । यादवका अनुसार बैठकमा बोलेका करिब ९० प्रतिशत सांसदले सत्ता सहकार्यलाई प्राथमिकतामा नराख्न सुझाव दिएका थिए ।
पुस ५ गते प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि जसपा नेपालले त्यसको विरोधमा आन्दोलन गरेको थियो । सो आन्दोलनमार्फत जसपाले प्रधानमन्त्री ओलीले प्रतिगामी कदम चालेको भन्दै त्यसको खारेजीको माग गरेको थियो ।
नेकपा ऋषिराम कट्टेलको भएपछि माओवादी केन्द्र र एमाले अलग अलग भएका छन् । दुई दल अलग अलग भएपछि प्रधानमन्त्री ओलीको सरकार अल्पमतमा पर्नुभएको छ । ओलीले आफ्नो सरकार टिकाउनका लागि जसपा नेपालसँग सहयोग माग्नुभएको थियो ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया