
जबरजस्ती औद्योगिक क्षेत्रको शिलान्यास गरियो : खाँण


बुटवल
नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले स्थानीय जनताको सहमतिविपरीत अर्थमन्त्री विष्णु पौडेलले जबरजस्ती मोतिपुर औद्योगिक क्षेत्रको शिलान्यास गरेको भन्दै विरोध जनाएका छन् ।
नेता खाँणले प्रेस विज्ञप्ति जारी गर्दै लामो समयदेखि बसोबास गर्दै आएका जनताको मागको उचित सम्बोधन नगरी जबरजस्ती ढंगले बल प्रयोग गरेर, धम्क्याएर र जनताको चित्त दुखाएर गरिने विकासको औचित्य नहुने बताएका हुन् ।
मोतिपुरबासी जनताको विमति हुँदाहुँदै अर्थमन्त्री विष्णु पौडेलले सुरक्षाबलको आडमा जबरजस्ती ढंगले दमन गरेर शिलान्यास गर्दा झडप भएको उल्लेख गर्दै खाँणले जनताले अपनत्व नलिएको विकासले गति नलिनेतर्फ सरकारलाई सचेत गराएका छन् ।
उनले जनताको मागलाई सम्बोधन र उचित व्यवस्थापन गरेर मात्र काम अघि बढाउन सरकारस।ग माग गरेका छन् ।
यसअघि नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० प्रचण्ड(माधव समूहका नेता घनश्याम भुसालले पनि विज्ञप्ति निकालेर जनताको माग सम्बोधन नगरी अर्थमन्त्री पौडेलले हतारमा औद्योगिक क्षेत्रको शिलान्यास गरेको भन्दै विरोध जनाएका थिए ।
शुक्रबार स्थानीय चर्को विरोधका बीच ठूलो सुरक्षा घेरामा अर्थमन्त्री एवं रुपन्देही २ का सांसद विष्णु पौडेलले औद्योगिक क्षेत्र शिलान्यास गरेका थिए ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया