

वाणगंगा नगरभित्रका ५ हाट बजारमा क्यु आर कोड वितरण गदैँ ई–सेवा




कपिलवस्तु
कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका भित्रका हाट बजार डिजिटल बनाउने अभियानमा लागेको ई सेवा कपिलवस्तुले जनाएको छ । कपिलवस्तु हाट बजार संघका अध्यक्ष ज्ञान बहादुर थापा सगँ यसका लागि सम्झौता गरि सकेको ई–सेवा शाखा प्रबन्धक खिम क्षेत्रीले बताउनु भएको छ ।
२१ औँ शताव्दीमा क्यासलेस प्रविधिबाट सामान खरीद गर्न अब हाट बजारमा ई–सेवाले क्यु आर कोड वितरण गर्ने भएको छ । पहिलो चरणमा पिपरा, वैरीया, बुङ्ची, बनगाई र गजेहडाका हाट बजार व्यवसायीलाई क्यु आर कोड वितरण गरिने छ ।
क्यु आर कोड पाउने भए पछि व्यापारी पनि खुसि रहेको छन् । ई–साझाकुरा सगँ बोल्दै एक व्यापारीले भने हाट बजारमा क्यु आर हुने भएपछि त पैसा साट्न तनाब पनि नहुने र यसको प्रयोगले सरुवा रोगहरु पनि नसर्ने भएकाले अब ढुक्क सगँ कारोबार गर्न सहज हुने बताएका छन् ।
केहि दिन अगाडि नगरको सम्पत्ति करका लागि पनि ई–सेवा सगँ नगरले सम्झौता गरेको थियो ।
ई–सेवा नेपालको पहिलो अनलाईन भुक्तानी प्रदायक कम्पनी हो । यसका प्रयोगकर्ता ४० लाख भन्दा बढी रहेको कम्पनीले जनाएको छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया