

शरीरका यी अंगहरूलाई बारम्बार छुँदा हुन्छ स्वास्थ्यलाई हानि


एजेन्सी । हामीहरू स्वस्थ रहनका लागि हरसम्भव कोशिश गरिरहेका हुन्छौं । तैपनि नजानिकनै हामीहरू गल्ती गरिरहेका हुन्छौं जसले पछि गम्भीर परिणाम निकाल्छन् ।
केही मानिसलाई शरीरका अंग बारम्बार छुने फोहोरी बानी लागेको हुन्छ । यो बानीले स्वास्थ्यलाई हानि गर्छ । तपाईंमा पनि यस्तो बानी छ भने सुधार्नुस् ।
औंलामा ब्याक्टेरिया
केही मानिस बारम्बार हातले आँखा मिचिरहेका हुन्छन् । यसो गर्दा आँखाभित्र ब्याक्टेरिया छिर्छन् । यी ब्याक्टेरियाका कारण आँखा चिलाउने, पोल्ने र पानी निस्कने समस्या आउँछ ।
डण्डीफोर चलाउने
अनुहारमा डण्डीफोर आउनु सामान्य कुरा हो । तर केही मानिस डण्डीफोरमा बारम्बार हात पु–याइरहेका हुन्छन् । डण्डीफोर छुँदा ब्याक्टेरिया अनुहारको अन्य भागमा पुग्छन् । अनि ती भागमा फोकाफोकी आउँछन् । फोकाफोकी छोइरहँदा डण्डीफोर चर्किरहन्छ ।
मुख
खाना खाँदा कहिलेकाहीँ केही कुरा अड्किएमा केही मानिस मुखभित्र औंला घुसाएर निकालिरहेका भेटिन्छन् । यो बानीका कारण हातका ब्याक्टेरियाहरू मुखभित्र पुग्छन् अनि मुखका चाहिँ हातमा आइपुग्छन् । यसरी ब्याक्टेरिया साटिँदा मुखका लागि खतरनाक हुन्छ । यसो गर्दा मुख गनाउने, दाँतमा पीडा हुने र सड्न थाल्ने समस्या आउँछ ।
नाक
नाकमा औंला घुसाउँदा ब्याक्टेरिया हातमा टाँसिन्छ । अनि हातको ब्याक्टेरिया नाकमा पस्छन् । नाकमा कीटाणु पस्दा सास फेर्न समस्या र फोक्सोको रोग लाग्ने सम्भावना हुन्छ । फोहोरी हात साबुनपानीले धुने गर्नुस् ।
नङ
केही मानिस नङ चपाएर बस्छन् । यसो गर्दा फोहोरी ब्याक्टेरिया पेटमा पुग्छ । कीटाणु पेटमा पुग्दा पाचनसम्बन्धी समस्या आइलाग्छ । हप्तामा एकचोटि अवश्य नङ काट्ने गर्नुस् ।


खबर सबै
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कपिलवस्तुमा मानसिक स्वास्थ्यदेखि साइबर सुरक्षासम्म सचेतना फैलाउँदै लायन्स क्लब
-
कपिलवस्तुको बाणगंगाबाट ६ थान भरुवा बन्दुक बरामद
-
पाल्पा जिप दुर्घटना : १० जना घाइते






प्रतिक्रिया