प्रतिनिधिसभा बैठकअघि सांसदहरुलाई कोरोना खोप लगाउने तयारी

काठमाडौं ।
आगामी फागुन २३ गते बस्ने प्रतिनिधि सभाको बैठकको पूर्वसन्ध्यामा सांसदहरुलाई कोरोना विरुद्धको खोप लगाउने तयारी गरिएको छ ।
काठमाडौंको सिभिल अस्पतालमा फागुन १९, २० र २१ गते बिहान १० बजेदेखि ४ बजेसम्म खोप लगाउने तयारी गरिएको संघीय संसद सचिवालयका प्रवक्ता डा। रोजनाथ पाण्डेले रातोपाटीलाई जानकारी दिए । बिहान १० बजेदेखि ४ बजेसम्म सबै सांसदहरु र कर्मचारीहरुलाई खोप लगाउने तयारी भएको छ । यसबारे सबै सांसद तथा कर्मचारीलाई सचिवालयले खोप लगाउन जानकारी समेत गराएको छ ।

प्रतिक्रिया

खबर सबै