

प्रधानमन्त्री रोजगार कार्यक्रम : प्यूठानमा ३ हजारलाई रोजगारी



प्यूठान ।
प्युठानमा चालू वर्षका लागि निर्धारण गरिएको बजेट तथा कार्यक्रमअनुरूप प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । कम्तीमा पनि १ सय दिन बराबरको रोजगारी दिने उद्देश्यसहित जिल्लाका ९ वटा स्थानीय तहमा कार्यक्रम अघि बढेको हो ।
जिल्लाभर २ हजार ९ सय ४५ जना व्यक्तिले यो वर्ष १ सय दिन बराबरको रोजगारी पाउँदै छन् । श्रममूलक योजना निर्माणको काममा उनीहरूले काम गर्नेछन् ।
जिल्लाका धेरैजसो स्थानीय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनमा गइसकेको छ । प्युठान नगरपालिकामा ४ सय ९६ जनालाई रोजगारी दिने गरी कार्यक्रम सुरु भएको हो । मानव स्रोतको प्रयोग हुने आयोजना सञ्चालन गरी स्थानीय तहले कार्यक्रम सञ्चालन गरेका छन् ।
मल्लरानी गाउँपालिकामा १ करोड ४४ लाख ७६ हजार रुपैयाँ कार्यक्रमका लागि विनियोजन गरिएको छ । ‘२ सय ८० जना बेरोजगार व्यक्ति छनोट भएका छन्’, प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापाले भने, ‘पालिकाभित्र ४७ वटा योजना तय भएका छन् ।’
सरुमारानी गाउँपालिकाले २ सय ५४ जनालाई यस वर्ष १ सय दिन बराबरको रोजगारी दिन थालेको छ । कार्यक्रमअन्तर्गत सञ्चालन हुने आयोजनाको स्टिमेट तयारी भइरहेको रोजगार संयोजक अनुष्का महतोले जानकारी दिए । सडक नाली, कुलो, बाटो, कम्पाउन्ड वाल निर्माण तथा मर्मतलगायतका योजना रहेको उनले बताए ।
प्रधानमन्त्री रोजगार कार्यक्रममा दैनिक ५ सय १७ रुपैयाँ ज्याला निर्धारण गरिएको छ । यस वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम शतप्रतिशत ज्यालामा खर्च गर्नुपर्ने प्रावधान रहेको छ । १ करोड १० लाख १३ हजार रुपैयाँ कार्यक्रमबाट प्राप्त भएको संयोजक महतोको भनाइ छ । कार्यक्रमका लागि पालिकाले १ करोड ८१ लाख रुपैयाँ थप विनियोजन गरेको छ ।
नौबहिनी गाउँपालिकाले ४ सय ५२ जना व्यक्तिलाई १ सय दिन बराबरको रोजगार दिँदै छ । रोजगार संयोजक बिक्की घिमिरेले कार्यक्रमअन्तर्गत २ करोड ३३ लाख ६९ हजार रुपैयाँ विनियोजन भएको जानकारी दिए ।
‘धेरै वडामा काम सुरु भइसकेको छ’, उनले भने, ‘४३ वटा योजना छनोट गरिएको छ ।’ माण्डवी गाउँपालिकामा यस वर्ष कार्यक्रमअन्तर्गत १ करोड ५६ लाख रुपैयाँ विनियोजन भएको छ । यसबाट पालिकाका २ सय ८० जना व्यक्तिले १ सय दिन बराबारको रोजगारी पाउँदै छन् ।
पालिकाभित्र जम्मा ३५ वटा योजना छनोट गरिएको प्रमुख प्रशासकीय अधिकृत शिशिर रिजालले जानकारी दिए । ऐरावती गाउँपालिकाका रोजगार संयोजक विनोद त्रिपाठीका अनुसार २ सय १७ जना बेरोजगार व्यक्ति छनोट भएका छन् । कार्यक्रमका लागि यस वर्ष १ करोड १२ लाख १९ हजार रुपैयाँ विनियोजन भएको उनले बताए । पालिकाभित्र ३२ वटा योजना छनोट भएका छन् ।
गौमुखी गाउँपालिकामा यो वर्ष २ सय ८५ जना व्यक्तिलाई रोजगारी दिन थालिएको छ । यसका लागि १ करोड ४७ लाख ३४ हजार ५ सय रुपैयाँ विनियोजन भएको प्रमुख प्रशासकीय अधिकृत राजीव पन्थीले बताए । प्रत्येक वडामा ३ वटा योजना छनोट गरिएको उनको भनाइ छ ।
झिमरुक गाउँपालिकामा ३ सय ९७ जनाले रोजगारी पाउँदै छन् । २ करोड पाँच लाख २४ हजार ९ सय रुपैयाँ बजेट विनियोजन भएको रोजगार संयोजक सुदर्शन जिसीले जानकारी दिए । १ सय ६८ वटा योजना छनोट गरिएको उनले बताए ।
स्वर्गद्वारी नगरपालिकामा यो वर्ष २ सय ८४ जनालाई रोजगारी दिने लक्ष्य छ । यसका लागि १ करोड ४६ लाख ८२ हजार ८ सय रुपैयाँ बजेट विनियोजन गरिएको छ । कार्यक्रमअन्तर्गत १८ वटा योजना छनोट गरिएको रोजगार संयोजक राजेन्द्र खड्काले जानकारी दिए । वासुदेव गिरीले पालिका खबर डट कममा यो समाचार लेखेका छन् ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया