

अफगानिस्तानमा बम विस्फोट एक प्रहरी अधिकारीको मृत्यु



अफगानिस्तान
अफगानिस्तानको दक्षिणी प्रान्त हेल्मान्डको प्रान्तीय राजधानी लस्कार घामा व्यस्त सडकमा भएको एक विस्फोटमा परी कम्तीमा एक प्रहरी अधिकारीको मृत्यु भएको छ ।
यस विस्फोटमा अन्य १५ जना घाइते भएका छन । अफगानिस्तानको हेल्मण्ड प्रान्तको राजधानी शहर लास्कर घामा सो विस्फोट गराइएको थियो । बम विस्फोट कसले गराएको भन्ने बारेमा केही जानकारी आएको छैन । हालसम्म यस विस्फोट कुनै समूहले जिम्मा पनि लिएको छैन् ।
तर पनि प्रहरीले सो विस्फोट तालिबानी विद्रोहीले नै गराएको बताएका छन् । सो विस्फोट यहाँको जिल्ला प्रहरी कार्यालयको नजिकै भएको बताइएको छ । यस विस्फोटमा परेर अरु केही नागरिक घाइते भएका छन् । उनीहरुलाई आकस्मिक रुपमा अस्पताल लगिएको छ । रासस\सिन्ह्वा


खबर सबै
-
पुलले जोडिँदै विजयनगर, फेरिँदै दुर्गम गाउँपालिकाको पहिचान
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक






प्रतिक्रिया