

वाणगंगाका मृगौला पिडितलाई मनको साथीद्धारा सहयोग



कपिलवस्तु ।
कपिलवस्तुको एक मृगौला पिडित परिवारलाई मनको साथ प्रतिष्ठान कपिलवस्तुले सहयोग प्रदान गरेको छ ।
दुवै मृगौला फेल भएर उपचार गर्न आर्थिक अभाव झेलिरहकी शिवकला रेश्मीको परिवारलाई खाद्यान्न खर्च स्वरुप प्रतिष्ठानले आर्थिक सहयोग गरेको हो । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ८ स्थित वाणगंगा नदी टतिय क्षेत्रको बगरमा बस्ने रेश्मी परिवार आर्थिक अभावका कारण अहिले विचल्लिमा परेको छ । आमा शिवकला रेश्मीका दुवै मृगौला फेल भएका छन भने बाबु जण्डीस रोगले ग्रस्त छन । बाबु आमा नै बिरामी परे पछि दुई छोराले सहयोगको अपिल गरेका छन् ।

श्रीमान समेत बिरामी अवस्थामा हुँदा रेश्मी परिवारमा अहिले दुई छाक खानाको समेत समस्या भोगिरहेको छ । कक्षा ५ मा अध्ययन गर्ने कान्छो छोरा विद्यालय नियमित हुन पाएका छैनन् भने जेठो छोरा कक्षा ८ मा अध्ययन गर्दै गर्दा पारिवारीक समस्याका कारण पढाई छोडेर बसेका छन् ।
सानो एक छाने घर त्यो पनि मासिक १५ सय रुपैँया भाडा तिर्नुे पर्ने अवस्थाका कारण परिवारका मख्य दुई सदस्य रोगले ग्रस्त अवस्थाबाट गुज्रिदा दुई छोराको भविष्य समेत अन्धकारमा रुमलिएको छ ।
कपिलवस्तु उद्योग वाणिज्य संघ भलवाड क्षेत्रगत सदस्य यमलाल पोण्डेको पहलमा मनको साथी प्रतिष्ठान मार्फन रेश्मी परिवारलाई गरिएको सहयोगले केही दिनका लागि उनीहरुको निभ्न लागेको चुल्हो बल्न पाएको छ । प्रतिष्ठानका अभियान्ता प्रेम पाण्डे सहितको टोली पिडित परिवारको घरमै पुगेको हो ।
केही साता अघि साझा कुरा मिडिया ग्रुपको टिम समेत सो परिवारको दयनिय अवस्थाको समाचार संप्रेषणमा प्ुगेको थियो ।
यो पनि पढ्नुहोस् ।
वाणगंगा ८ मा आमाको दुबै मृगौला फेल, छोराहरुले गरे सहयोगको अपिल


खबर सबै
-
रसुवा बाढीका मृतकहरूको सम्झनामा कृष्णानगरमा दीप प्रज्वलन
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाली कांग्रेसको एक करोड रुपैयाँ सहयोग प्रदान
-
एनपीएलको टिकेटिङ पार्टनरमा इसेवा
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विपद्मा एकताबद्ध हुन राष्ट्रपतिको आह्वान, अन्तर्राष्ट्रिय समुदायसँग मागे जलवायु न्याय (पूर्णपाठ)
-
नेपालको बाढी : विश्व समुदायले अब जिम्मेवारी लिनुपर्छ
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’






प्रतिक्रिया