प्रजातन्त्र दिवसका अवसरमा दाङका २६ कैदीबन्दीको सजाय मिनाहा

दाङ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा दाङका २६ जना कैदीबन्दीको कैद सजाय माफी दिनुभएको छ ।
मन्त्रिपरिषद्को सिफारिशमा उहाँले कैदीबन्दीको कैद भुक्तान हुन बाँकी कैद मिनाहा गर्नुभएको हो ।

घोराही कारागारबाट ८ र तुलसीपुर कारागारबाट १८ जना गरि २६ जनाको कैद मिनाहा गरिएको दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिनुभयो ।

उनीहरु मध्ये सवारी ज्यान, बहुविवाह, आत्महत्या दुरुत्साहन, कर्तव्य ज्यान लगायतको मुद्दा खेपेकाहरु रहेका थिए।

प्रतिक्रिया

खबर सबै