काँग्रेस केन्द्रीय समिति बैठकमा आज प्रस्ताव माथि छलफल हुने

काठमाडौं ।
महाधिवेशनको नयाँ मिति फाइनल गर्नका लागि शुरु भएको काँग्रेसको केन्द्रीय समिति आज पनि बस्दैछ। केन्द्रीय कार्यालय सानेपामा दिउँसो ३ बजे केन्द्रीय समिति बस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।

विधानअनुसार काँग्रेसको वर्तमान कार्यसमितिको पदावधि सकिनै लागेपछि बुधवार केन्द्रीय समिति डाकेर काँग्रेसले यसबारे छलफल चलाएको हो। चार वर्ष कार्यकाल रहेको कार्यसमितिको म्याद यसअघि एक वर्ष थप भइसकेको छ। संवैधानिक प्रावधान अनुसार नै थप ६ महिना बढाउने सक्ने व्यवस्थालाई टेकेर केन्द्रीय समितिमा उक्त प्रस्ताव पेस भएको हो।

महाधिवेशन आउँदो भदौ ७ देखि १० सम्म गर्ने प्रस्ताव गरिएको छ। कोरोनाका कारण लामो समयसम्म लकडाउन भएपछि महाधिवेशन अनिश्चित बनेको थियो। यसअघि फागुन ७ देखि १० गतेसम्म महाधिवेशनको मिति तोकिएको थियो।

तोकिएको अवधिमा महाधिवेशन नहुने भएसँगै ६ महिना समय थपको प्रस्ताव गरिएको हो। १४औँ महाधिवेशनबाट निर्णय पेस गर्नेगरि उक्त प्रस्ताव गरिएको हो।

प्रस्तावमा भनिएको छ, ‘नेपाली कांग्रेसको विधान २०१७ ९संशोधन सहित० को धारा ४३ मा पार्टीका सबै तहका पदाधिकारी र सदस्यहरुको पदावधि ४ ९चार० वर्षको रहेको र असाधारण स्थितिमा एक वर्ष थप गर्न पाउने व्यवस्था बमोजिम पाँच वर्षको रहेकोमा, नेपालको संविधानको धारा २६९९४० ९ख० को प्रतिवन्धात्मक वाक्यांश बमोजिम विशेष परिस्थितिका कारण पाँच वर्षभित्र निर्वाचन हुन नसकेमा ६ ९छ० महिना थप गर्न सकिने भएकोले, सो बमोजिम पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यहरुको अवधि ६ ९छ० महिनाका लागि थप गर्ने व्यवस्थाका लागि पार्टी विधानको धारा ४३ मा व्यवस्था गर्ने। उक्त निर्णय पार्टीको आगामी चौधौं महाधिवेशनमा राखिनेछ।’ आजको बैठकमा महाधिवेशनलगायत थप तीन प्रस्तावमा छलफल हुने कार्यसुची रहेको छ।

प्रतिक्रिया

खबर सबै