कांग्रेस महाधिवेशन भदौ ७ देखि १० सम्म गर्ने सहमति

काठमाडौं ।
नेपाली कांग्रेसको महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म हुने भएको छ ।

कांग्रेस केन्द्रीय सदस्य गुरु घिमिरेले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच महाधिवेशनको मितिमा सहमति भइसकेको बताए ।

सो प्रस्ताव पारित गर्न अहिले पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक बसिरहेको छ ।

प्रतिक्रिया

खबर सबै