

प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा निवेदकको बहस सकियो, मङ्गलवारदेखि ‘एमिकस क्युरी’



काठमाण्डाै
प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका १३ वटा रिटमाथि निवेदकका तर्फबाट बहस सकिएको छ । साेमवार वरिष्ठ अधिवक्ता शम्भु थापा, कृष्णप्रसाद भण्डारी, रमण श्रेष्ठ, गोविन्द बन्दी, टीकाराम भट्टराईलगायतले प्रतिनिधि सभा विघटनको विरोध र संसद् पुनर्स्थापनाको पक्षमा बहस गरेसँगै निवेदकका पक्षबाट बहस सकिएको छ ।
साेमवारकाे बहसमा वरिष्ठ अधिवक्ता शम्भु थापाले संसद् प्रधानमन्त्रीको नोकर नभएको बताउनुभयो । थापाले प्रधानमन्त्रीले संसद्लाई नोकर सम्झिएको आरोप लगाउँदै प्रतिनिधि सभा विघटनको अधिकार कुनै पनि प्रधानमन्त्रीलाई नभएको दाबी गर्नुभयो ।
उहाँले प्रधानमन्त्री पक्षका वकिलले भनेजस्तो अहिलेको संविधानले प्रधानमन्त्रीलाई श्री ३ र श्री ५ लाई जस्तो अधिकार नदिएको बताउनुभयो ।
अब मङ्गलवारदेखि अदालतकाे सहयाेगी (एमिकस क्युरी) को राय सुरु हुनेछ । सर्वोच्च बारका दुई जना र नेपाल बार एसोसिएशनका तीन जना सदस्य रहेको एमिकस क्युरीका सदस्यले आफ्नो राय व्यक्त गरेपछि सर्वोच्चको संवैधानिक इजलासले फैसला सुनाउनेछ ।


खबर सबै
-
बालविवाहमुक्त वडामै १७ वर्षीया किशोरीको सुत्केरी हुने क्रममा मृत्यु
-
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ९ घाइते
-
सिँचाइ कुलोमा मृत फेला परेकी महिलाको खुल्यो पहिचान
-
बाणगंगा नदिमा आएकाे बाढीमा परि एकजना बेपत्ता, एककाे सकुशल उद्वार
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?






प्रतिक्रिया