

स्रोत नखुलेको रकम सहित ४ जना अख्तियारको नियन्त्रणमा



काठमाडौँ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले स्रोत नखुलेको १ लाख ९० हजार रकमसहित ४ जनालाई पक्राउ गरेको छ ।
सडक पूर्वाधार विकास कार्यालय रोल्पाका निमित्त कार्यालय प्रमुख नवीन श्रेष्ठसहित ४ जना कर्मचारीलाई उक्त परिमाणको स्रोत नखुलेको रकमसहित अख्तियारको टोलीले पक्राउ गरको हो ।
विशेष सूचनाका आधारमा अख्तियारको बुटवल कार्यालयबाट खटिएको टोलीले उनीसहित इन्जिनियर निर्मल पन्त, सवइन्जिनियर प्रेमकुमार बराल र सवारी चालक मानसिंह पुन मगर समेतलाई रुपन्देहीको सैनामैना नगरपालिका(१० स्थित कोठी वनबाट नियन्त्रणमा लिएको हो ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।


खबर सबै
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी
-
दाङको बाह्रकुने दह प्रवर्धनको योजना अलपत्र







प्रतिक्रिया