

मंगल ग्रहमा यान पठाउने यूएईको अभियान सफल : यानले मौसमको विवरण संकलन गर्ने




काठमाण्डौ
मङ्गल ग्रहमा यान पठाउने संयुक्त अरब एमिरेट्स यूएईको अभियान सफल भएको छ ।
पृथ्वीबाट झण्डै ५० करोड किलोमिटर यात्रा गरेको यूएईको यान अन्ततः मङ्गल ग्रहको गुरुत्वाकर्षण क्षेत्रमा प्रवेश गरेको बीबीसीले जनाएको छ । होप अर्थात विश्वास नामक अभियान अन्तर्गत यानले मङ्गल ग्रहको मौसमको प्रवृत्तिबारे विवरणहरू संकलन गर्ने अनुसन्धानकर्ताहरुले बताएका छन् ।
यो अभियानको उपग्रह जापानबाट छोडिएको थियो । उपग्रहलाई तनेगासिमा अन्तरिक्ष केन्द्रबाट एच–२–ए नामक रकेटको माध्यमबाट अन्तरिक्षमा पठाइएको थियो । यो अभियान सफल भएसँगै यूएई मंगल ग्रहमा यान पठाउने विश्वकै पाँचौं देश र पहिलो अरबीयन देश बन्न पुगेको छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया