

भलवाडमा थालियो भुमिहिन तथा सुकुमबासीको लगत संकलन



कपिलवस्तु ।
भुमिहिन तथा अव्यवस्थित बसोबासीहरुको लगत संकलन कार्य सोमबार देखि सूरु भएको छ ।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाड स्थित भर्लावासको उत्तमनगर टोलबाट वडा नम्बर ९ मा लगत संकलन सुरु गरिएको वडा कार्यालय भलवाडले जनाएको छ ।
सरकारले भुमिहिन सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरुको समस्या समाधन गरी उनीहरुलाई उपभोग गर्दै आएको जग्गाको लालपुर्जा प्रदान गर्न सुरु गरेको लगत संकलन अभियान अन्र्तगत सो कार्यक्रम सुरु गरिएको हो । भर्लावास स्थित उत्तमनगरका टिकाराम दर्जीको पहिलो लगत संकलन गरिएको हो ।
भलवाडमा सो लगत संकलनका लागि ४ जना संकलकहरु परिचालित छन् । उनीहरुले वडा नम्बर ९ भित्रका सुकुमबासी तथा अव्यवस्थित बसोबासी र भुमिहीन परिवारको लगत संकलन गर्ने छन् । जस अनुसार सरकारले भुमिहिनलाई भुमि र सुकुमबासी तथा अव्यवस्थित बसोवास गरेकालाई जमिन उपलब्ध गराउने छ । भलवाडामा आज सर्वदलिय बैठक सहित पहिलो लगत संकलन गरिएको हो ।
यसैबिच वाणगंगा नगरपालिका अन्र्तगतका अन्य वडामा पनि लगत संकलन थालिएको छ ।
नगरपालिकाको भुमि समस्या समाधान आयोगले लगत संकलनका लागि सबै वडामा संकलकहरु परिचालन गरेको छ । उनीहरुले सम्बन्धित वडामा रहेका भुमिहीनहरुको घरघरमा पुगि तथ्याङक लिने छन भने नगरपालिका भर रहेका अव्यवस्थित बसोवासी, सुकुमबासी तथा भुमिहीनहरुका लागि आवस्यक जग्गा उपलब्ध गराइने छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया