

भारम हिमनदी घटना अपटेड : १८ जनाको शव भेटियो

एजेन्सी
भारतको उत्तराखण्डको चमोली जिल्लामामा हिमनदी फुट्दा ज्यान गुमाउनेको सङ्ख्या १८ पुगेको छ । हिमनदी फुटेर धौलीगङ्गालगायत नदीमा आएको बाढीमा परेर दुई सयभन्दा धेरै जना हराइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
उत्तराखण्डका प्रहरी महानिर्देशक अशोक कुमारले अहिलेसम्म १८ वटा शव भेटिएको र दुई सय दुई जनाको खोजी भइरहेको बताउनुभएको छ । अटोमेटिक ट्रान्समिट पावर कन्ट्रोल एटीपीसी ले सुरुङमा उद्धार कार्य चलाइरहेको उहाँले बताउनुभयो ।
त्यहाँको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण ९एनडीएमए० का महानिर्देशक एमएन प्रधानले चमोली जिल्लामा हिमनदी विस्फोटपछि कैयौँ व्यक्ति साढे दुई किलोमिटर लामो सुरुङमा फसेको, अहिले एक किलोमिटरसम्म माटो हटाइएको र चाँडै मानिसहरु फसेका ठाउँसम्म पुगिने जानकारी दिनुभयो । हिमनदी विस्फोटका कारण पुल भत्किएपछि चमोली जिल्लाका १३ गाउँ अलग भएको बताइएको छ । ती गाउँका मानिसहरुलाई उद्धार गर्ने काम भइरहेको सञ्चारमाध्यमले जनाएका छन् ।
आइतवार चमोली जिल्लाको जोशीमठमा हिमताल फुट्दा धौलीगङ्गालगायतका नदीमा बाढी आएको थियो । हिमताल फुटेपछि आएको बाढीका कारण दुई वटा जलविद्युत् परियोजना र बाँधमा क्षति पुगेको बताइएको छ । अहिले बन्दै गरेको ऋषिगङ्गा जलविद्युत् परियोजनामा सबैभन्दा बढी क्षति पुगेको र सञ्चालनमा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनामा पनि क्षति पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अचानक आउने बाढी पहिरोको उच्च जोखिममा पर्ने पश्चिमी हिमालय क्षेत्रमा रहेको उत्तराखण्डमा सन् २०१३ को जुन महिनामा ठूलो वर्षापछि आएको बाढीका कारण झण्डै ६ हजार मानिसको ज्यान गएको थियो ।


खबर सबै
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन









प्रतिक्रिया