

साविक विजेता लिभरपुलमाथि म्यानचेष्टर सिटीको शानदार जित


काठमाडौं
प्रिमियर लिगको साविक विजेता लिभरपुलमाथि म्यानचेष्टर सिटीले शानदार जित हात पारेको छ । इल्के गुन्डागोनको दुई गोल मद्दतमा लिग लिडर सिटीले लिभरपुललाई उसैको मैदानमा ४-१ ले पराजित गरेको हो ।
सिटीले सन् २००३ पछि लिभरपुललाई एनफिल्डमा पराजित गरेको हो । यस्तै सिटीका म्यानेजर पेप ग्वार्डिओलाले पनि पहिलो पटक एनफिल्डमा जित हात पारेका हुन् । साविक विजेताको हैसियतमा इंग्लिस शीर्ष डिभिजनको लिगमा अर्को सिजन लगातार तीन खेल हार्ने लिभरपुल ६५ वर्षपछि पहिलो टिम बनेको छ ।
गुन्डागोनले ३७औं मिनेटमा पेनाल्टी गुमाउँदा सिटीले पहिलो हाफमै अग्रता लिने अवसर गुमायो । तर दोस्रो हाफमा भने गुन्डागोनले शानदार प्रदर्शन गरे ।
४९औं मिनेटमा गुन्डागोनले गोल गर्दै सिटीलाई अग्रता दिलाए । ६३औं मिनेटमा मोहम्मद सालाहले लिभरपुलका लागि बराबरी गोल फर्काएका थिए । तर ७३औं मिनेटमा गुन्डागोनले व्यक्तिगत दोस्रो गोल गर्दा सिटीले २-१ को अग्रता बनायो ।
सिटी त्यतिमै रोकिएन । ७६औं मिनेटमा रहिम स्टर्लिङले गोल गरेपछि सिटीले ३-१ को अग्रता लियो । ८३औं मिनेटमा फिल फोडेनले सिटीका लागि चौथो गोल गरे ।
जितपछि सिटीले छिमेकी म्यानचेष्टर युनाइटेडमाथि ५ अंकको अग्रता समेत बनाएको छ । युनाइटेडभन्दा सिटीले एक खेल कम खेलेको छ । सिटीको २२ खेलबाट ५० अंक छ । २३ खेल खेलेको युनाइटेड ४५ अंकसहित दोस्रो स्थानमा छ । पराजित लिभरपुल २३ खेलबाट ४० अंकसहित चौथो स्थानमा छ । सिटीभन्दा लिभरपुल १० अंकले पछि छ ।
लिगकै अन्य खेलमा तेस्रो स्थानको लेस्टर सिटीले वल्भ्ससँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ । २३ खेलबाट ४३ अंकसहित लेस्टर तेस्रो स्थानमै यथावत छ ।
यस्तै वेष्ट्रोमलाई २-० ले पराजित गर्दै टोटनहम सातौं स्थानमा उक्लेको छ । टोटनहमको २२ खेलबाट ३६ अंक भएको छ । टोटनहमको जितमा ह्यारी केन र हेउन मिन सनले गोल गरे ।


खबर सबै
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन









प्रतिक्रिया