

आजदेखि राष्ट्रिय महिला लिगको दोस्रो चरणका खेल सुरु हुँदै


काठमाण्डाै
आजदेखि राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको दोस्रो चरणका खेल सुरु हुँदै छ ।
आज दिउँसो विभागीय क्लब त्रिभुवन आर्मी र चौदण्डीगढी नगरपालिकाबीचको खेल हुने अखिल नेपाल फुटबल सङ्घ एन्फाले जनाएको छ । पहिलो चरणको खेल सकिँदा आर्मीले ६ मध्ये ४ खेलमा जित र एक खेलमा हार व्यहाेरेकाे छ । आर्मीको १३ अङ्कसहित तालिकाको दोस्रो स्थानमा रहेको छ ।
सशस्त्र शतप्रतिशत नतिजासहित १८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । पहिलो चरणमा एक खेल पनि नजितेको र एक गोल पनि गर्न नसकेको चौदण्डीगढीले आजको खेलमा अप्रत्यासित नतिजा निकाल्ने लक्ष्य लिएको छ ।
एन्फाले महिला लिगमा विदेशी खेलाडी राख्न पाउने नियमअनुसार चौदण्डीगढीले चार जना विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ । आजदेखि सुरु हुने दोस्रो चरणका बाँकी खेलहरू सातदोबाटोमा रहेको एन्फा कम्प्लेसको मैदानमै हुने एन्फाले जनाएको छ ।
यसैबीच लिगको अन्तिम दिन आउँदो फागुन ७ गते एपीएफ र आर्मीबीचको खेल हुनेछ ।


खबर सबै
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन
-
आज, भोलि र पर्सि लुम्बिनी प्रदेश सहित केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना







प्रतिक्रिया