

डिजिटल हुदै कपिलवस्तु स्थित पिपरा हाटबजार, ई-सेवाले वितरण गर्यो क्युआर कोर्ड




कपिलवस्तु
पछिल्लो समय युग प्रविधिमैत्री बन्दै गएको छ । सामान खरिद वा कुनै सेवा लिए वापत त्यसवापत लाग्ने शुल्क तिर्न पहिला सम्बन्धित स्थानमा पुग्नुपर्ने समस्या विस्तारै अन्त्य हुंदै गएको छ । सोहि क्रममा कपिलवस्तुको पिपरा हाटबजार पनि डिजिटल हुने भएको छ । जिल्लाको बाणगंगा २ पिपरामा बुधवार लाग्ने साप्ताहिक बजारमा पनि अब सामान किने वापतको रकम ई- सेवा फोन पे क्युआर मार्फत रकम तिर्न पाईने भएको छ ।

ई- सेवा कपिलवस्तुले बजारका प्रत्येक व्यापारिलाई फोन पे क्यु.आर.कार्ड उपलब्ध गराउने भएको छ । पिपरा बजारमा तरकारी व्यापार गर्ने दुमकला सब्जी पसल फोन पे क्यु.आर. कार्ड प्रदान गरि उक्त प्रविधि मुलक कार्यको सुरु गरिएको हो । उक्त क्यु.आर.कार्ड बाणगंगा नगरपालिका वडा नं. २ का वडाध्यक्ष बिष्णु प्रसाद पौडेल र ई- सेवा कपिलवस्तुका प्रमुख खिम बहादुर क्षेत्रीले हस्तान्त्रण गरेका हुन् ।
वडाध्यक्ष पौडेलले अब सबै स्थानमा सोहि प्रविधिमैत्री कार्यको सुरु गरी स्थानीयलाई सहज बनाउनुपर्नेमा जोड दिएका थिए । उनले प्रविधिको विकासमा ई सेवा कपिलवस्तुका प्रमुख क्षेत्रीको अहम भुमिका रहेको बताए ।
त्यस्तै ई- सेवा कपिलवस्तुका प्रमुख खिम बहादुर क्षेत्रीले कपिलवस्तुमा विस्तारै ई सेवाको क्रमशः विकास हुंदै गएको बताए । उनले उक्त क्यु.आर प्रविधिको सधै प्रयोग गर्ने प्रयोगकर्ताहरुलाई १ महिना सम्म रु १ सय बराबरको रिचार्ज उपलब्ध गराउने बताए । उनले यो यस क्षेत्रका स्थानीयहरुको मागलाई मध्यनजर गर्दै यो प्रविधिलाई अझ विस्तार गर्ने बताए ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया