
जनताले के बिगारेर नेपाल बन्द : प्रधानमन्त्री

काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई दुस्ख दिने नियतले पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल नेतृत्वको नेकपाले बन्द आह्वान गरेको बताएका छन्।
नेपाल भूमिहीन सुकुम्बासी संगठन केन्द्रीय कमिटीको राजधानीमा आयोजित राष्ट्रिय भेलामा बुधबार बोल्दै प्रधानमन्त्री ओलीले जनतालाई दुःख दिने कुनै पनि गतिविधि स्वीकार्य नहुने भन्दै यस्तो काम नगर्न सुझाएका छन्।
‘नेपाल बन्द अरे। जनताले के बिगारेर नेपाल बन्द गरेको ? जनतालाई किन दुःख दिनुपर्यो नेपाल बन्द गरेर? पार्टी छोडेर आफू पाटीमा लाग्छन् अनि बन्द गरेर जनतालाई दुःख दिन्छन्, बन्द भनेको के? त्यो किन गर्नुपर्यो, के का लागि गर्नुपर्यो?, उनले प्रश्न गरे।
प्रधानमन्त्री ओलीले जनतालाई दुःख दिन के का लागि भन्दै प्रश्न गरे। बन्द के का लागि गर्नु, किन बन्द गर्नु ? बन्द भनेको हिँडडुल गर्न नपाइने, पसल खोल्न नपाइने भनेको हो, किन्न जान नपाउने, पढ्न जान नपाउने, जनतालाई दुस्ख दिने काम गर्नु भएन उनले भने, के का लागि गर्नुपर्यो बन्द ? जनताले बन्द गरेको होइन र जनताले चाहेको पनि होइन।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया