

पूर्वजनमुक्ति सेना नक्कली हतियार लिएर परेड खेल्दै




दाङ
माघ १८ गते बेलुका पूर्ण मगरले आफ्नो फेसबुक वालमा केही तस्बिर पोष्ट गरे। तस्बिमा पूर्वमाओवादी लडाकुहरू परेड खेलिरहेका देखिन्थे। उनीहरूमध्ये केहीका हातमा नक्कली (प्लाष्टिकका) हतियार पनि देखिन्छन्।
पूर्ण दस वर्षसम्म सशस्त्र युद्ध गरेको तत्कालीन विद्रोही शक्ति नेकपा माओवादीको आफ्नै सुरक्षादस्ता जनमुक्ति सेनाका पूर्वबटालियन कमाण्डर हुन्।
पूर्णले फोटो पोष्ट गरेपछि त्यसले धेरैको ध्यान खिच्यो।
पूर्णका अनुसार माघ १८ गते दिउँसो करिब ९० जना जति पूर्वलडाकु सक्राम ब्यारेकमा जम्मा भएका हुन्।
‘त्यो दिन हामीले मेस चलायौं, त्यहीँ पकाएर खाना खायौं। आपसमा सुख-दुःखका कुरा बाँडियो,’ पूर्णले भने, ‘त्यो जमघटले हाम्रो विगत ताजा बनाउन मद्दत गर्यो।’

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ स्थित सक्राम ब्यारेकमा शान्ति प्रक्रियापछि माओवादी सेना व्यवस्थापन नहुँदासम्म राखिएको एक ठाउँ हो। त्यो दिन उनीहरूले आफू बसेको ठाउँको सरसफाइ पनि गरे।
राज्यले संग्रहालय निर्माण गर्ने भने पनि अहिले संक्राम ब्यारेक सबैले भुलेको र जीर्ण अवस्थामा पुगेको देख्दा चित्त दुखेको पूर्णले बताए।
‘हामी देशलाई आवश्यक पर्यो भने तयारी अवस्थामा छौं है भन्ने हो,’ पूर्णले भने, ‘जनमुक्ति सेना फेरि पनि आइपर्दा आफ्नो अस्तित्व जोगाउन तयार हुने छ भन्ने राज्यलाई सन्देश पनि हो।’
तर, उनले आफूहरूलाई विप्लव माओवादीसँग नजोड्न आग्रह गरे। उक्त जमघटमा पूर्वलडाकुले आफूहरूलाई राज्य, पार्टी र आफ्नै नेताहरूले समेत धोका दिएको भन्दै गुनासो गरेको पूर्णले बताए।
पूर्णले पनि प्रचण्डले हिजो जनमुक्ति सेना र जनअदालतलाई विघटन गरेर आफूहरूलाई धोका दिएको बताए।
‘हामी कालिबहादुर खामहरू जस्तो मन्त्री खान पाइन्छ कि भनेर केपी शर्मा ओलीतर्फ जाँदैनौं,’ पूर्णले भने, ‘हिजोको लडाइँ प्रचण्डको कमाण्डरमा लडेका हौं, त्यसैले आज केपीसँग हामीले आफ्नो अधिकार माग्न मिल्दैन।’
उनले अहिले केपी शर्मा ओलीले कालिबहादुरहरूलाई दया लागेर नभई उपयोग गर्न लगेको हुँदा सजग हुन आवश्यक रहेको बताए।
‘हामीलाई अझै पनि बलिको बोका बनाउन नखोजियोस्,’ पूर्णले भने ‘त्यस्तो अवस्था आइपरे अहिले पनि हामी अस्तित्वमै छौं।’
पूर्णले अहिले केपी ओलीले प्रचण्डभन्दा एक कदम अगाडि बढेर पूर्वजनमुक्ति सेनाको लागि ठिक निर्णय गरेको बताए।
पूर्वजनमुक्ति सेनाका घाइतेको नि:शुल्क उपचार, राष्ट्रिय परिचय पत्र दिने, गम्भीर घाइतेको जीवनयापन सहज बनाउन थप सहयोग गर्ने भन्ने जस्ता कुराहरू ओलीले गर्न खोजेका राम्रा काम भएको उनले चर्चा गरे।
‘आज केपीले गर्न सक्ने काम दुई पटक प्रधानमन्त्री हुँदा पनि प्रचण्डले किन गर्न सकेनन्? भन्ने गम्भीर सवाल पूर्वजनमुक्ति सेनामाझ पैदा भएको छ,’ पूर्णले भने।
त्यस्तै, उनले पूर्वजनमुक्ति सेनाको अधिकार, घाइतेको सहज उपचार र जीवनयापनको लागि केपी ओलीदेखि प्रचण्ड र सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपासँग समेत छलफल भइरहेको बताए।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया