

बख्तरबन्द गाडी सडकमा , सेनाले भन्यो- ‘हामी अभ्यासमा छौँ, अभ्यास काम लाग्न सक्छ’, बख्तरबन्द गाडी सडकमा शंकाको घेरामा


काठमाडौं
नेपाली सेनाका हतियार जडित (बख्तरबन्द) गाडीले सोमबार राति चक्रपथ परिक्रमा गरेका छन् । राति दश बजेपछि सेनाका दर्जन जति बख्तरबन्द गाडीहरू एकसाथ सडकमा निस्केका थिए ।
सेनाले यसलाई आफ्नो नियमित अभ्यास भनेको छ । सैनिक प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेल सैन्य अभ्यासअन्तर्गत पहिले नै निर्धारित गतिविधि भएको बताउनुभएको छ ।

बख्तरबन्द गाडीहरू राति दश बजेपछि सितापाइलस्थित युद्ध कवच गण ब्यारेकबाट कर्णेल देवन्द्र खड्काको नेतृत्वको टोलीले एकसाथ निस्केका थिए र उनीहरूले चक्रपथको चक्कर चक्कर हिडेका थिए ।
यसअघि तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफ्नो शासन हातमा लिँदा बख्तरबन्द गाडी सडकमा निकालिएको थियो ।
जंगीअड्डाले यसअघिनै जानकारी दिएर बख्तरबन्द गाडी सडकमा निकालेको हो । दिउँसोको समयमा ट्राफिक जाम हुने भएपछि सेनाले आफ्ना बख्तबरन्द रातिको समयमा सडकमा निकालेको जनाएको छ । यसका लागि ट्राफिक प्रहरीसँग सेनाले समन्वय गरेको थियो ।

संयोग कस्तो रह्यो भने तत्कालीन राजा ज्ञानेन्द्र शाहले १६ वर्ष अघि शाही ‘कु’ मार्फत शासन आफ्नो हातमा लिएको दिन अर्थात माघ १९ गतेकै मिति पारेर सेनाको बख्तरबन्द गाडी सडकमा निस्किएको थियो ।
वर्तमान विकसित राजनीतिक घटनाक्रमका समेत तीव्र बनिरहेको बख्तरबन्द गाडी यसरी सडकमा निस्किएपनि सेनाले यसलाई ‘नियमित अभ्यास’ भनेको छ ।
त्यसैगरी ८ वटै पृतना अन्तर्गतका मेकनाईज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरुमा बख्तरबन्द गाडीहरुको अभ्यास गर्ने योजना रहेको छ । माघ २१ गते पनि बख्तरबन्द गाडीहरू सितापाइलाबाट बिहान सातादोबाटो कोटेश्वर हुँदै पाँचखाल जाने कार्यक्रम छ।




खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया