
आज विश्व सिमसार दिवस, जगदीशपुर तालमा चरा महोत्सवको आयोजना

कपिलवस्तु ।
आज विश्व सिमसार दिवस । बिश्व सिमसार क्षेत्रमा सुचिकृत जगदीशपुर तालमा ‘ पानी र सिमसार जीवनका अभिन्न आधार भन्ने नाराकासाथ मंगलवार २५ औ सिमसार दिवस र आठौ चरा महत्सव मनाईदै छ ।
कपिलवस्तु नगरपालिका वडा नम्बर ९ र १० को वडा कार्यालयसहकार्यमा जगदीशपुर जलासय ब्यस्थापन बहुसरोकार मञ्चको आयोजनामा दिवस बिभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो । मंचको आयोजनामा जगदीशपुरमा गरिएको पत्रकार भेटघाट कार्यक्रममा मंचका अध्यक्ष ललति गुरुडले सिमसार दिवसमा चरा महोत्सव देखि बिभिन्न कार्यक्रम गरिने बताए । कोरोना भाईरसका कारण बिगत बर्ष जस्तो भब्यरुपमा नभै सिमित ब्यक्तिहरुको सहभागीतामा कार्यक्रम गरिने उनले बताए । दिवसका अवसरमा हाफ म्याराथुन दौड, माबि स्तरीय निबन्ध प्रतियोगीता रक्तदान, जातिय भेषभुसा तथा नाच, थारु लठ्ठी नाच, झुमरा र मगर नाच प्रतियोगीता र प्रर्दशन गर्ने कार्यक्रम रहेको छ ।

दिवसमा अवसरमा २ जना संचारकर्मीलाई प्ुस्कृत गर्ने समेत अध्यक्ष गुरुङले बताए । मंचका उपाध्यष अब्दल रसिदख खाले ताललाई सुन्दरीकरण र विकास गर्न सबैका साझा प्रयास आवश्यक रहेको बताए । वडा नम्बर ९ का अध्यक्ष शिव बहादुर बाग्लले तालको विकासकालागि योजनाबद्धरुपले अघि बढिने बताए ।
एक सय ५७ हेक्टर क्षेत्रफलमा रहेको ताल सन् २००३ मा विश्व सिमसार क्षेत्रमा सूचिकृत भएको थियो । तालमा १ सय १८ बढी प्रजातीका चराचुरुरुगी, ८ प्रजातीका उभयचर र ३८ प्रजातीका सरिसृप पाईने नेपाल पंछी संरक्षण संघले गरेको अध्ययनले देखाएको छ । बिश्वमै दुर्लभ मानिएका आठ प्रजातीका चराचुरुगीीहरु पनि देख्न पाईन्छ । त्यस्तै तालमा १० प्रकारका स्तनधारीहरु पनि देख्न पाईने बरिष्ठ चराबिद् डा. हेमसागर बरालले बताए ।
पंक्षीहरुको डेरा मानिने तालमा ढुंगा संचालन गरिए पछि मानवीय गतिबिधि बढेसंगै चराको संख्या समेत घटेको छ । यसलाई सबैले गंभीररुपमा लिनु पर्ने चराबिदरुले बताएका छन ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया