

गुल्मीमा कोभिड–१९ विरुद्धको खोप अभियान आजदेखि सुरु




गुल्मी
गुल्मीमा बिहीबारदेखि कोभिड–१९ विरुद्धको खोप अभियान सुरु भएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गर्दै अभियान सुरु गरेकी हुन् । स्वास्थ्य कार्यालयका प्रमुख भवानीप्रसाद शर्मालाई पहिलो खोप लगाईएको थियो भने दोश्रो खोप जिल्ला अस्पतालकी डाक्टर सुष्मा थपलियाले लगाइन् ।
कोभिडको माहमारीबीच खोप लगाउन पाउँदा निकै आनन्द महसुुस भएको उनीहरुको भनाइ थियो । स्वास्थ्य प्रमुख शर्माका अनुसार एक जना स्वास्थ्यकर्मी र दुई जना स्वयंसेवकले दैनिक १ सय २५ जनासम्मलाई खोप लगाउने छन् ।
जिल्लाका १२ वटै स्थानीय तहका लक्षित वर्गको नाम तथा विवरण तयार गरि लुम्बिनी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा पठाईएको थियो । सोही अनुरुप ४ सय १८ भाईलमा ४ हजार १ सय ८० वटा खोप सो मन्त्रालयले पठाएको हो


खबर सबै
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी
-
दाङको बाह्रकुने दह प्रवर्धनको योजना अलपत्र







प्रतिक्रिया