

निर्वाचन आयोगले छलफलमा बोलायो नेकपाका दुवै पक्षलाई



काठमाडौं
निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुबै पक्षसँग छलफल गर्ने भएको छ । त्यसका लागि आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पक्षलाई छुट्टाछुट्टै पत्र लेखी छलफलमा सहभागी हुन पत्र पठाएको हो ।
माघ १६ शुक्रबार विहान साढे ११ बजे छलफलका लागि बोलाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए । उनका अनुसार २ वटा विषयमा छलफल गर्न उनीहरुलाई बोलाइएको हो ।
‘निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्नुपर्ने हुन्छ, त्यसका लागि आयोगले सुचना प्रकासन गर्दैछ त्यो विषय र अर्को निर्वाचनको तयारी सम्बन्धी छलफलका लागि बोलाइएको हो’, प्रवक्ता श्रेष्ठले बताए ।
पुस ५ गते प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णसँगै नेकपामा ओली र प्रचण्ड माधव समुहका गतिविधि फरक फरक ढंगले चल्दै आएका छन् । राजनीतिक र व्यवहारिक रुपमा फुटिसकेको नेकपालाई आयोगले भने मान्यता दिएको छैन । नेकपाका दुवै पक्षले आफूलाई आधिकारिक दावी गर्दै आयोगमा दिएको निवेदनमा आयोगले दुबै पक्षको दावी नपुग्ने बताएको थियो । त्यसपछि नेकपा विवाद थप पेचिलो हुदै आएको छ ।


खबर सबै
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?
-
भैरहवास्थित क्यासिनोमा प्रहरीको छापा, ६ जना पक्राउ
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
गुल्मीमा महिला मृत फेला, करेन्ट लागेको आशंका
-
सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते
-
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा






प्रतिक्रिया