बेलझुण्डीको कोरोना अस्पताल हटाउन माग गर्दै विद्यार्थीले गरे प्रर्दशन

दाङ ।
केन्द्रीय आयुर्वेद विद्यापीठ, दाङको बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पताल हटाउन माग गर्दै विद्यार्थीहरुले मंगलबार आन्दोलन गरेका छन् ।

लामो समयसम्म कक्षा सञ्चालन नभएको भन्दै तत्काल कोरोना विशेष अस्पताल अन्यन्त्र सार्न उनीहरुले माग गरेका हुन ।

प्रर्दशनमा उत्रिएका विद्यार्थीहरुले क्याम्पस गायब विद्यार्थी अलपत्र लगाएतका प्लेकार्डसहित प्रर्दशन तथा विरोध गरेका थिए ।

सरकारले कोरोना अस्पतालको रुपमा सो क्याम्पसलाई अस्पतालको रुपमा प्रयोग गरेको र लामो समय सम्म आफुहरुको पठनपाठन प्रभावित भएको भन्दै विद्यार्थीहरु आन्दोलित भएका हुन ।

प्रतिक्रिया

खबर सबै