

कपिलवस्तुको वाणगंगामा सौर्य ऊर्जा परियोजना स्थापनाका लागि सम्झौतापत्रमा हस्ताक्षर



काठमाण्डौ ।
नेपालमा ४० मेगावाट क्षमताको ब्याट्री स्टोरेज प्लाण्टसहितको दुई सय ५० मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजना अध्ययनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
ग्रिडमा जोडिने सौर्य ऊर्जा परियोजना स्थापनाका लागि विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्न लगानी बोर्डको कार्यालय र राइजेन इनर्जी सिङ्गापुर जेभीबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
समझदारीपत्रअनुसार बाँकेको कोहलपुर र कपिलवस्तुको बाणगङ्गामा एक सय २५ मेगावाटका दरले दुई सय ५० मेगावाट सौर्य ऊर्जा परियोजना र २० मेगावाटका दरले ४० मेगावाट क्षमताका ब्याट्री स्टोरेज प्लाण्ट स्थापनाका लागि अध्ययन गरिने छ ।
परियोजनाको कुल अनुमानित लागत १८ करोड ९५ लाख अमेरिकी डलर रहेको छ । लगानी बोर्डको कार्यालयमा सम्पन्न समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र कम्पनीको तर्फबाट कम्पनीका दक्षिण एसियाका लागि विकास प्रबन्धक वाङ क्वियाङले हस्ताक्षर गर्नुभएको छ ।
कम्पनीले सर्वेक्षण अनुमति पाएको एक वर्षभित्र विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार पारेर बुझाउनुपर्नेछ । २०७७ असार ५ गते बसेको लगानी बोर्डको ४४ औँ बैठकले कम्पनीलाई सम्भाव्यता अध्ययनको अनुमति दिने निर्णय गरेको थियो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया