

केपी ओली जस्तो भष्मासुर नेता अबको कम्युनिष्ट आन्दोलनले जन्माउन नपरोस् : पूर्वमन्त्री आङ्वो



नेकपाका नेता एवम प्रदेश १ का पूर्वआर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वो ‘मौसम’ले अबकाे नेकपा आन्दोलनले केपी ओली जस्तो भष्मासुर नेता जन्माउन नहुने बताउनु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमनता हावी भएको बताउदै अब नेपालको कम्युनिष्ट आन्दोलनले ओली जस्तो नेता जन्माउन नहुने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामीले नेपालको कम्युनिष्ट आन्दोलनमा फेरिपनि केपी ओली जस्तो भष्मासुर नेता जन्माउन नपरोस् ।’
उहाँले आफूहरुले मेहनत गरेर ओलीलाई नेता, पार्टी अध्यक्ष र प्रधानमन्त्री बनाएको तर कुर्सी र सत्तामा पुगेपछि कम्युनिष्ष्ट आन्दोलनलालई नै खतम गरेको लगाउनु भयो । त्यस्तै प्रधानमन्त्री ओलीले कम्युनिष्ट आन्दोलनबाट हालसम्म प्राप्त उपलब्धीहरुलाई नै खतम पारिदिएको आरोप लगाउनु भयो ।
प्रधानमन्त्री आोलीको गतिविधी र हर्कतले दुखका साथ निर्माण गरेको कम्युनिष्ट नेतृत्वको अर्थहीन बनाएको दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘प्राप्त उपलब्धीलाई गिराउने गतिविधी र हर्कत नेतृत्वले गर्यो भने यो दुखका साथ निर्माण गरेको हाम्रो नेतृत्वको कुुनै अर्थ हुँदैन, जो प्रधानमन्त्री केपी ओलीबाट भयो।’
केपी ओली लोकतन्त्र र संविधान बिरोधीलाई घुँडा टेकाउन अब बन्ने कम्युनिष्ट पार्टीमा विधी र पद्धति टेकेको साथै सँच्चै विचार र सिद्धान्तमा आधारित हुनुपर्ने बताउनु भयो । प्रधानमन्त्री ओलीको प्रतिगामी बिरुद्धको लडाइ र क्रान्तिकारी पार्टी निर्माण गरेर बैचारिक र संगठनात्ममक श्रेष्ठता सावित गर्नका लागि निरन्तर जनताको साथमा रहने उहाँले बताउनु भयो ।


खबर सबै
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?
-
भैरहवास्थित क्यासिनोमा प्रहरीको छापा, ६ जना पक्राउ
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
गुल्मीमा महिला मृत फेला, करेन्ट लागेको आशंका
-
सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते
-
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा






प्रतिक्रिया