

प्रधानमन्त्रीसँग अर्कै संविधान भए मात्र हाे, नत्र संसद विघटनकाे अधिकार कसरी भयाे ? : अधिवक्ता थापा



काठमाडौँ
प्रधानमन्त्री केपी शर्मा र उहाँको बचाउ गर्नेहरुसँग अर्कै संविधान पो छ कि भन्दै वरिष्ठ अधिवक्ता शम्भु थापाले कटाक्ष गर्नुभएको छ ।
प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा रिट निवेदकहरुका तर्फबाट सोमबार बहसमा उत्रिनुभएका अधिवक्ता थापाले प्रतिनिधि सभा विघटनको अधिकार वर्तमान नेपालको संविधानले प्रधानमन्त्री तथा राष्ट्रपतिलाई नदिएको दाबी गर्नुभयो ।
सोमबार संवैधानिक इजलासमा रिट निवेदकहरु देवप्रसाद गुरुङ, कृष्णभक्त पोखरेल, रामकुमारी झाँक्री र शशी श्रेष्ठको तर्फबाट बहस गर्ने क्रममा अधिवक्ता थापाले संविधानमा प्रस्ट व्यवस्था रहेको भन्दै संसद विघटनलाई मान्यता दिन नसकिने बताउनुभयो ।
उहाँले तत्कालीन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ र अहिलेका महान्यायाधिवक्ता अग्नि खरेलले विगतमा संसद विघटनको अधिकार प्रधानमन्त्रीलाई नभएको अभिव्यक्ति दिएकोतर्फ इंगित गर्दै अहिले प्रधानमन्त्रीको कदममा मौन साथ दिइरहेको आशय व्यक्त गर्नुभयो । प्रधानमन्त्री, नेम्वाङ र खरेलप्रति कटाक्ष गर्दै थापाले भन्नुभयो, ‘प्रधानमन्त्री र उहाँहरूसँग अर्को संविधान छ भनेदेखि अर्कै कुरा हो । नभए त जुन संविधान प्रचलित छ, त्यो त जस्तो लेखियो त्यस्तै हो । यत्रो मित्रहरुले बहस गरिसक्नुभयो, मेरो कुरा पनि नयाँ छैन ।’
उहाँले प्रधानमन्त्रीको कदम संविधानसम्मत नरहेको प्रस्ट पार्दै प्रतिनिधि सभा विघटनकाे अधिकार प्रधानमन्त्रीलाइ नभएकाे र उक्त कदम असंवैधानिक रहेको तर्क गर्नुभयो ।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया