

माघ १४ गते देखि कोभिड खोप अभियान सुरु हुँदै


काठमाण्डौँ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ विरुद्धको खोप अभियान माघ १४ गते बिहान १० बजे शुभारम्भ गरिने जानकारी दिएका छन्।
स्वास्थ्यमन्त्री त्रिपाठीले आइतबारको पत्रकार सम्मेलनमा बोल्दै खोप लगाउने पहिलो प्राथमिकतामा परेका फ्रन्टलाइनरलाई खोप लगाएर खोप अभियानको शुभारम्भ गर्ने जानकारी दिए।
कोभिड–१९ विरुद्धको खोप अभियान प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गर्ने उनले जानकारी दिए । मन्त्री त्रिपाठीका अनुसार उक्त खोप अभियान सातवटै प्रदेशका अस्पताल तथा काठमाडौंमा रहेका प्रमुख अस्पतालहरुमा भर्चुअल विधिबाट एकैसाथ शुभारम्भ हुनेछ। माग १४ गते सातै प्रदेशभित्रका ६२ वटा अस्पतालहरुमा र १२० भन्दा बढी खोप केन्द्रहरुबाट कोरोना विरुद्धको खोप अभियान सुभारम्भ हुने मन्त्री त्रिपाठीको भनाइ छ ।
उनका अनुसार १८ गतेभित्र देशका ७७ वटै जिल्लाका ३०० वटा खोप केन्द्र मार्फत खोप अभियान संचालन हुनेछ। मन्त्री त्रिपाठीले पहिलो चरणको खोप अभियान १० दिनभित्र सम्पन्न हुने बताए। पहिलो चरणमा ४ लाख ३० हजार जनालाई खोप लगाउने लक्ष्य रहेको मन्त्री त्रिपाठीले जानकारी दिए।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया