

भारतमै खोप लगाउन डराउँदै मानिस




एजेन्सी
भारतमा १६ जनवरीबाट विश्वकै सबैभन्दा ठूलो कोरोना खोप अभियान सुरु भएको छ । पहिलो चरणमा स्वास्थ्य तथा फ्रन्टलाइनमा खटिने कर्मचारीलाई खोप लगाइदैछ । ८ दिनमा १५.३७ लाख जनालाई खोप लगाइएको छ । यो लक्ष्यअनुसार ६४ प्रतिशत मात्र हो । यसको प्रमुख कारण खोपको साइडइफेक्ट र त्यसबारे जोडिएको डर रहेको छ ।
भारतमा हालसम्म ६ सयभन्दा बढीलाई खोपको साइडइफेक्ट देखिएको छ । केही राज्यमा खोप लगाएपछि मृत्यु भएको खबर पनि आएको छ । यद्यपि, पोस्टमार्टमपछि मृत्युको कारण खोप नभएको बताइएको छ ।
नयाँ दिल्लीको एम्सकी डाक्टर उमा कुमारी भारतमा हरेकको डरको पछाडि फरक कारण भएको बताउँछिन् । केही मानिसहरु खोपमाथि विश्वास गर्न सकिरहेका छैनन् भने केही खोपको साइड इफेक्टबाट डराइरहेका छन् । उनका अनुसार खोपलाई लिएर शुरुमा नै निकै भ्रम फैलाइयो । यो खोप परीक्षण नै बिना यसलाई आपत्कालिन प्रयोगका लागि अनुमति दिइएको हो भनियो । यसले पनि मानिसहरुको मनमा डर पैदा भयो । यद्यपि, खोपमके साइटइफेक्ट छाटो समयलाई मात्र
देखिने उनी बताउँछिन् । डा. उमाका अनुसाा कोरोनाको खोपको साइडइफेक्ट केही घण्टाका लागि मात्र रहने बताउँछिन् ।
एम्सकै डा. सञ्जयकुमार चुघ फाइजरको खोप लगाएर विश्वका केही देशमा मानिसहरुले ज्यान गुमाएपछि पनि खोपसँग मानिसहरु डराइरहेको बताउँछन् ।
मानिसहरुलाई भरोसा दिलाउन केन्द्रीय स्वाथ्यमन्त्री डा. हर्षवर्धन आफै अगाडि आउनुपरेको छ । उनका अनुसार साइड इफेक्ट देखिएका मामिला पनि सामान्य रहेको छ । उता, दोस्रो चरणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि खोप लगाउने भएका छन् ।


खबर सबै
-
बाणगंगा नदिमा आएकाे बाढीमा परि एकजना बेपत्ता, एककाे सकुशल उद्वार
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?
-
भैरहवास्थित क्यासिनोमा प्रहरीको छापा, ६ जना पक्राउ
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
भैरहवास्थित क्यासिनोमा प्रहरीको छापा, ६ जना पक्राउ
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
गुल्मीमा महिला मृत फेला, करेन्ट लागेको आशंका
-
सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते






प्रतिक्रिया