

प्रधानमन्त्री कप क्रिकेट : बागमती र लुम्बिनी तथा प्रदेश २ र सुदूरपश्चिम भिड्दै


काठमाडौं । प्रधानमन्त्री कप ९पीएम कप० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज समूह ‘बी’ का दुई खेल हुँदैछन् । मुलपानी क्रिकेट मैदानमा बागमती र लुम्बिनी प्रदेशबीच खेल हुनेछ भने कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा प्रदेश २ र सुदूरपश्चिमबीच खेल हुनेछ ।
यसअघि लगातार तीन खेल जित्दै अपराजित रहेको बागमती सेमिफाइनल नजिक छ । तर सेमिफाइनलमा स्थान पक्का भने भइसकेको छैन । त्यसैले लुम्बिनीलाई पराजित गरेमा बागमतीले अन्य खेलको नतिजा पर्खनुपर्ने छैन र समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनल पुग्नेछ ।
पहिलो खेलमै साविक विजेता नेपाल पुलिस क्लबलाई पराजित गरेको बागमतीले त्यसयता सुदूरपश्चिम र प्रदेश २ लाई पराजित गरेको थियो । ३ खेलबाट ६ अंकसहित बागमती समूहको शीर्ष स्थानमा छ ।
उता लुम्बिनीले भने सेमिफाइनल होड कायम राख्न बागमतीलाई हराउनैपर्ने छ र पुलिस र प्रदेश २ बीच हुने अन्तिम खेलको नतिजा पनि पर्खनुपर्ने छ । प्रदेश २ लाई पहिलो खेलमा पराजित गरेको लुम्बिनी दोस्रो खेलमा नेपाल पुलिससँग पराजित भएको थियो । तेस्रो खेलमा सुदूरपश्चिमलाई पराजित गरेको लुम्बिनीको ३ खेलबाट ४ अंक छ ।
यस्तै लगातार तीन खेल हार्दै समूह चरणबाट बाहिरिसकेको सुदूरपश्चिम अन्तिम खेललाई सुखद बनाउन चाहन्छ । प्रदेश २ ले पनि अहिलेसम्म खेलेका दुई वटै खेल हारेको छ । त्यसैले दुवै टोली पहिलो जितको खोजीमा छन् ।
प्रदेश २ ले समूहको अन्तिम खेल पुलिससँग खेल्नेछ । समूह ‘ए’ बाट यसअघि नै दुई विभागीय टोली त्रिभुवन आर्मी र एपीएफले सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन् ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया