

विप्लव समूहको बन्दले कपिलवस्तुमा आशिंक प्रभाव



राजेन्द्र खनाल
सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी ‘विप्लव’ समूहले गरेको नेपाल बन्दले कपिलवस्तु सहित लुम्बिनी प्रदेशमा आज आंशिक प्रभाव परेको छ ।
बन्दको प्रभाव लुम्बिनी प्रदेशका तराईका जिल्लामा आशिंक रुपमा परेको हो । यता कपिलवस्तु जिल्लामा आज विहानै देखि दिनभर सार्वजनिक सवारीका साधन बन्द रहे भने निजी तथा साना सवारी साधन संचालन भए । बाक्लो संख्यामा परिचालित प्रहरीको सुरक्षा सतर्कता सँगै जिल्लाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । त्यस्तै जिल्लाको चन्द्रौटामा बिहान विप्लव समुहका कार्यक्रताहरुले एक ट्रकमाथि आक्रमणको प्रयास गरेको भए पनि कुनै क्षेती नभएको प्रहरीले जनाएको छ ।
सवारी साधन आशिंक बन्द रहे पनि व्यापार व्यावसाय भने निर्वाध रुपमा आज दिनैभर संचालन भएका छन् । अन्य जिल्लाका केहि स्थानमा व्यापार व्यवसाय पनि बन्द भए पनि कपिलवस्तुमा सामान्य रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव निरिक्षक धर्मराज भण्डारीले जानकारी दिनुभयो ।
विप्लव समूहले आफ्ना केन्द्रीय सचिवालय सदस्य एवं विदेश विभाग प्रमुख धर्मेन्द्र बास्तोला लगायत नेता तथा कार्यकर्ताको रिहाइको माग गर्दै शनिबार नेपाल बन्द गरेको हो । बन्द भनिएको भए पनि कपिलवस्तुमा कुनै पनि अप्रिय घटना नभएको पनि प्रहरी निरिक्षक भण्डारीले बताउनुभयो ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया