

रोल्पामा दुई घटनामा तीनको मृत्यु



रोल्पा ।
रोल्पाको सुनिलस्मृति गाउँपालिका ३ गोराखरे भिरबाट लडेर दुई जनाको ज्यान गएको छ ।
३० वर्षीया महिला र दुई वर्षीया बालिकाको गोराखरे भिरको गोरेटो बाटोदेखि दुई सय मिटर तल भिरालो जमिनमा अडिएको अवस्थामा शुक्रबार शव भेटिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । यसबारेमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक ९इन्स्पेक्टर० सन्तोष केसीले जानकारी दिनुभयो ।
यस्तै रोल्पाकै गङ्गादेव गाउँपालिका ३ बडाढुंगाका ४९ वर्षीय महेशकुमार केसीको रुखले च्यापेर ज्यान गएको छ । बिहीवार घर नजिकै जङ्गलमा सल्लाको रुख काट्ने क्रममा मुढाले च्यापेर गम्भीर घाइते केसीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।


खबर सबै
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी
-
दाङको बाह्रकुने दह प्रवर्धनको योजना अलपत्र







प्रतिक्रिया