

प्रतिनिधी सभा विघटनको कदम स्वागत योग्य युवा संघ पुर्व उपाध्यक्ष :-पौडेल


सागर पौडेल , तौलिहवा । प्रतिनिधी सभा विघटनको कदम असंबैधानिक नभई स्वागत योग्य रहेको राष्ट्रिय युवा संघ नेपालका पुर्व उपाध्यक्ष तथा पार्टी केन्द्रिय सदस्य किरण पौडेले बताएका छन् । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी कपिलबस्तुको आयोजनामा आज नेकपा पार्टी कार्यालय तौलिहवामा बसेको दोस्रो पुर्ण बैठकमा प्रमुख अतिथिको आसनबाट बोल्दै पुर्व उपाध्यक्ष तथा पार्टी केन्द्रिय सदस्य पौडेलले सरकारलाई घेराबन्दीमा राखी काम गर्न नदिएकाले बाध्य भएर प्रधानमन्त्रीले यो कदम चालेको बताए ।
देशमा प्रधानमन्त्री ओली भएपछि विकास निमार्णका कामले तिब्रता लिएको बताउदै ओलीको लोकप्रियता राष्ट्रियताको सन्दर्भमा ओलीको चट्टानी अडानका कारण डाह र पदको लोभ गरेकाहरुले पार्टीलाई फुटको संहारमा ल्याएको बताएका छन् ।
यस्तै बैठकमा नेकपा केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष झविलाल पोख्रेलले बोल्दै बर्तमान परिस्थितीमा पार्टीका सबै कार्यकर्ताहरु एक जुट भएर अगाडी बढ्नुपर्ने बताए । यस्तै नेकपा केन्द्रिय सदस्य बाबुराम खनाल, पार्टी केन्द्रिय सदस्य तथा अनेम संघ जिल्ला अध्यक्ष शारदा शर्मा, र राष्ट्रिय युवा सघं नेपालका केन्द्रिय सदस्य तथा कपिलबस्तु इन्चार्ज गोपालमणी ज्ञवाली लगायतले बोल्दै पार्टीले देशमा गरेका राम्रा कामको प्रचार प्रसारलाई जोड दिनुपर्ने बताएका छन् । पार्टीको निति निर्देशनलाई पालना गर्दै अगाडी बढ्न युवा संघका सदस्यहरुलाई आग्रह समेत गरेका छन् ।
बहुमत सदस्यहरुको उपस्थितीमा सम्पन्न बैठकले माघ २४ गते जिल्ला कमिटीको विस्तारित बैठक पार्टी कार्यालय तौलिहवामा आयोजना गर्ने सोही बैठकमा केहि सदस्यहरुलाई मनोनित गर्ने बताइएको छ । यही माघ १३ गते आयोजना हुने राष्ट्रिय युवा संघको प्रदेश स्तरिय भेलामा जिल्लाबाट व्यापक सहभागिता जनाउने लाएतको निर्णय गरिएको जिल्ला संयोजक विजय कुँवरले जानकारी दिएका छन । बैठक जिल्ला सहसंयोजक कृष्ण कार्कीको संचालनमा सम्पन्न भएको थियो ।


खबर सबै
-
लुम्बिनी सहित ४ प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
हिमनदी भत्किने जोखिम अझै छ : चीन
-
भोटेकोसी बाढीपछि ५९० विदेशी नागरिक सम्पर्कविहीन, कुन देशका कति ?
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा






प्रतिक्रिया