

भैरहवाबाट उडान गर्नेगरी दर्ता भयो नयाँ हेलिकप्टर कम्पनी




भैरहवा
भैरहवा विमानस्थल क्षेत्रलाई आधार बनाएर सेवा दिनेगरी नयाँ हेलिकप्टर कम्पनी दर्ता भएको छ।
त्रिलोक हेलिकप्टर नामको उक्त कम्पनीले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट सेवा सञ्चालनको अनुमति लिएको हो।
कम्पनीले भैरहवालाई आधार बनाएर उडान गर्ने उल्लेख गरेको मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए।
सुरुमा दुईवटा हेलिकप्टर ल्याएर सेवा सञ्चालन गर्ने योजना बनाएको कम्पनीले उडान सञ्चालन अनुमतिका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणमा प्रक्रिया अघि बढाएको छ।
कोरोना अघि हेलिकप्टरको व्यापार राम्रो भएपनि पछिल्लो समय भने खुम्चिएको छ। करिब दर्जन सेवाप्रदायकले अहिले नै सेवा दिइरहेको नेपाली बजारमा नयाँ कम्पनी दर्ता भएको हो।
विदेशी पर्यटक बाहेक स्वदेशमै पनि हेलिकप्टरको माग बढ्न थालेपछि पुराना कम्पनीहरुले क्षमता विस्तारमा ध्यान दिइरहेका थिए। तर कोरोना महामारीका कारण स्थापित कम्पनीहरु भने वित्तीय रुपमा थला परेका छन्।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया