

सिम कार्ड आफ्नै नाममा छैन ? आफ्नो नाममा ल्याउन यसो गर्नुहोस्




काठमाण्डौ, माघ ६
नेपाल सरकारले परीक्षणका रूपमा प्रयोगमा ल्याएको नागरिक एप प्रयोगमा समस्या भएको धेरै गुनासो आएको छ ।
गुनासो आउनुको मुख्य कारण आफूले प्रयोग गरिरहेको मोबाइल नम्बरलाई एपले सपोर्ट नगर्नु हो । नेपाल टेलिकमका धेरै ग्राहकको सिम आफ्नै नाममा दर्ता भए पनि केही ग्राहकले अरूको नाममा रहेको सिम प्रयोग गरिरहेकाले यस्तो समस्या आएको हाे ।
कम्पनीका ग्राहकले *922# डायल गरेर आफूले प्रयोग गरिरहेको सिम कार्ड आफ्नो नाममा छ/छैन र नामको हिज्जे सही छ/छैन थाहा पाउन सक्छन् । सिम कार्ड आफ्नो नाममा नरहेमा विवरण अद्यावधिक वा नामसारी गर्न तथा आफ्नो नामको हिज्जे सही नभएमा सच्याउनका लागि नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गर्नु पर्दछ ।
प्रिपेड सिम कार्ड ग्राहक विवरण अद्यावधिक गर्न के गर्ने ?
अरूको नाममा रहेको प्रिपेड सिम कार्ड लामो समयदेखि आफैले प्रयोग गरिरहेको अवस्थामा आफ्नो सक्कल नागरिकताको प्रमाणपत्र, फोटोकपी र एक प्रति फोटो लिएर नजिकैको दूरसञ्चार कार्यालयमा जानुपर्छ र कबुलियतनामाको फाराम भरि अद्यावधिक गर्न सकिन्छ । साथै विगत ६ महिनाभित्र सिम कार्डबाट भएका केही कलहरू भेरिफाइ गर्नुपर्दछ ।
पोस्टपेड सिमकार्ड ग्राहक विवरण अद्यावधिक तथा नामसारी गर्न के गर्ने ?
पोस्ट पेड सिम कार्ड नामसारीका लागि अहिले सिम कार्ड प्रयोग गरिरहेको व्यक्ति र कम्पनीको अभिलेखमा भएको प्रयोगकर्ता दुवै व्यक्ति दूरसञ्चार कार्यालयमा उपस्थिति हुनुपर्दछ । अभिलेखमा सिम कार्ड प्रयोगकर्ताको नाम भएको व्यक्ति उपस्थित हुन नसक्ने भएमा सम्बन्धित व्यक्तिको नागरिकता प्रमाणपत्रको फोटोकपी र वारेसनामा आवश्यक पर्दछ ।
साथै सिम कार्ड प्रयोग गरिरहेको व्यक्तिको नागरिकताको सक्कल प्रमाणपत्र, फोटोकपी र एक प्रति फोटो आवश्यक पर्दछ । संस्थाको हकमा दुवै संस्थाको प्यान नम्बर तथा दर्ताको कागजात आवश्यक पर्दछ । यी कागजात लिइ दूरसञ्चार कार्यालयमा उपस्थित भइ नियमअनुसार नामसारी गर्न सकिन्छ ।
दूरसञ्चार कार्यालयहरूबाट ग्राहकको विवरण अद्यावधिक/नामसारी गर्ने तथा नाम सच्याउने कार्य प्राथमिकताका साथ गर्ने तयारी भइरहेको हुनाले आगामी हप्तादेखि थप प्रभावकारी रूपमा सेवा ग्राहकहरूलाई उपलब्ध गराउने टेलिकमले जनाएको छ ।
उज्यालो अनलाईनबाट साभार


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया