पछिल्लो २४ घण्टामा कोरोनाका ३२२ को नतिजा पोजेटिभ

काठमाडौं ।
पछिल्लो चौबीस घण्टामा मुलुकभर कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या नेपालमा १९ सय ६५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा पीसीआर गरिएका ४३ सय ६ मध्ये ३२२ जनाको नतिजा पोजेटिभ आएको छ ।

नेपालमा सोमबारसम्म जम्मा संक्रमितको संख्या दुई लाख ६७ हजार ६ सय ४४ पुगेको छ । त्यस्तै पछिल्लो चौबीस घण्टामा ३७४ जना निको भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ६१ हजार आठ सय १८ पुगेको छ ।

हालसम्म क्‍वारेन्टिनमा २२१ जना छन् भने तीन हजार ८ सय ६१ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

खबर सबै