

गुल्मीमा जन्ती बोकेको जीप दुर्घटना



गुल्मी । गुल्मीमा जन्ती बोकेको जिप दुर्घटना भएको छ । दुर्घटनामा परि १४ जना घाइते भएका छन् भने एकजनाको अवस्था गम्भिर रहेको छ । गुल्मीको कालिगण्डकी गाउँपालिका वडा नम्बर २ अर्वेनीबाट स्याङ्जाको गल्याङ नगरपालिकामा जन्ती लिएर जादैँ गरेको ग १ झ ५०८६ नम्बरको मुस्ताङ जिप अर्वेनीको कोटमा दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परि अर्वेनीका ६० बर्षिया ओमप्रसाद पाण्डे, ५५ बर्षिया शोभाखर पाण्डे, ५० बर्षिया शिवलाल पाण्डे, कालिगण्डकी १ का ५३ बर्षिया खिमानन्द पाण्डे, कालिगण्डकी –२ का २८ बर्षिया गोविन्द पाण्डे, २५ बर्षिया कृष्ण पाण्डे घाइते भएका छन् ।
त्यसैगरि २० बर्षिया नविन पाण्डे, २४ बर्षिया हिमलाल पाण्डे, १६ बर्षिया विष्णु पाण्डे, ६५ बर्षिया डन्डपानी न्यौपाने तथा २६ बर्षिया तुल्सा पाण्डे घाइते भएका छन् । त्यस्तै १४ बर्षकी बालिका हिरा पाण्डे, ५ बर्षका श्रीस पाण्डे तथा सवारी चालक स्याङ्जाको कालिगण्डकी गाउँपालिका –४ का २८ बर्षिया राजन पाण्डे घाइते भएको पूर्तिघाट प्रहरी चौकीका सई हरी पुनले जानकारी दिए ।
घाइतेमध्ये शिवलालको अवस्था गम्भिर भएकोले थप उपचारको लागि पाल्पा पठाइएको छ । अन्य सबैको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको पुनले बताए । घुम्तीमा ब्रेक फेल भएका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । गाडी सडकभन्दा करिब २० मिटर तल खसेको छ ।


खबर सबै
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?
-
भैरहवास्थित क्यासिनोमा प्रहरीको छापा, ६ जना पक्राउ
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
गुल्मीमा महिला मृत फेला, करेन्ट लागेको आशंका
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
गुल्मीमा महिला मृत फेला, करेन्ट लागेको आशंका
-
सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते
-
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा
-
लुम्बिनी सरकारको ठूलो निर्णय : घरेलु कार्यालयमै पाइनेछ यातायात सेवा






प्रतिक्रिया