ग्यास लिक भएर आगलागी हुँदा दाङमा दुईजना घाइते

दाङ ।
दाङमा ग्यास लिक भएर आगलागी हुँदा २ जना गम्भीर घाइते भएका छन्। जिल्लाको तुलसीपुर उप(महानगरपालिका वडा नम्बर १७ वनकट्टामा बिहीबार बिहान ग्यास लिक भएर आगलागी भएको हो।

आगोलागीमा ४४ वर्षीय वसन्त वली र उहाँकी श्रीमती गीता वली गम्भीर घाइते हुनुभएको छ । गम्भीर घाइते २ जनालाई तुलसीपुर स्थित राप्ती लाइफ केयरमा सामान्य उपचार पछि थप उपचारको लागि काठमाडौं रेफर गरिएको छ ।

ब्रोइलर कुखुराको बच्चाहरुलाई न्यानो बनाउने क्रममा लिक भएको ग्यासबाट आगलागी हुदाँ उनीहरु जलेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिव बहादुर सिंहले जानकारी दिनुभयो ।

ग्यास लिक भएर आगलागी हुँदा ब्रोइलर कुखुरा पालेको घर र कुखुरा पुर्ण रुपमा नष्ट भएको छ। बिहान करिव ४ बजे भएको आगो नियन्त्रण गर्न दमकलको समेत प्रयोग गरिएको थियो ।

प्रतिक्रिया

खबर सबै