गलत आरोपले पार्टीमा संकट उत्पन्न भयो : नेता आचार्य

सागर पौडेल, पुस २५ कपिलवस्तु ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रिय सदस्य तथा अनेरास्ववियु नेता रश्मि आचार्यले प्रधानमन्त्री विरुद्ध दर्ता भएको आरोपपत्रका कारण एकता प्रकृयामा संकट उत्पन्न भएको बतउनुभएको छ ।
अनेरास्ववियूले शनिबार कपिलवस्तुको गोरुसिंगेमा आयोजना गरेको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता आचार्यले पार्टी भित्र भएको षडयन्त्रका कारण प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्नु पर्ने बाध्यात्मक अवस्था आएको दावी पनि गर्नुभयो ।

्रत्यस्तै नेकपा केन्द्रीय सदस्य बलराम अधिकारीले नेकपा एक ढिक्का रहेर अगाडी बढेको दावी गर्नुभएको छ ।

त्यस्तै नेकपा केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष झवीलाल पोख्रेलले कपिलवस्तुको विकासमा प्रधानमन्त्री ओलीले गरेका कामको चर्चा गर्दै विपक्षीले विकास भएन भनी हल्ला गर्दै हिडेको आरोप लगाउनुभयो ।

कार्यक्रममा अनेरास्ववियु केन्द्रीय कार्यालय सचिव झपिन्द्र खत्री, अनेरास्ववियु केन्दीय सदस्य श्याम प्रकाश प्रजापती, टुकलाल गैरेले समेत सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रम उज्वल अधिकारीको संचालन र अनेरास्ववियु जिल्ला संयोजक बावुराम अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

खबर सबै