

प्रतिनिधि सभा विघटन विवादमा आज अन्तिम सुनुवाइ सुरु हुँदै



काठमाडौं ।
प्रतिनिधि सभा विघटनसम्वन्धी विवादमा सर्वोच्च अदालतमा दर्ता भएका निवेदनमा आज बुधबारदेखि अन्तिम सुनुवाइ सुरु हुँदैछ। प्रधानन्यायाधिशसहित पाँच न्यायाधीशको संवैधानिक ईजलासमा सुनुवाइ हुन लागेको हो।
पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिनिधि सभा विघटनको सिफारिस गरेका थिए। उक्त सिफारिसलाई भण्डारीले केही घन्टामै अनुमोदन गरेकी थिईन्। उक्त निर्णय असंवैधानिक भएको जिकिरसहित सर्वोच्चमा १३ थान रिट दर्ता भएका छन्। उक्त रिटमा प्रारम्भिक सुनुवाइ भएको छ।
राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्नि सापकोटा र अन्य विपक्षीले समेत लिखित जवाफ पेस गरेकाले बुधबारबाट अन्तिम फैसलाका लागि बहस हुनेछ। सर्वोच्चले सुनाउने निर्णयका आधारमा देशको राजनीतिक र संंवैधानिक भविष्य निर्धारण हुने भएकाले सबैको ध्यान सर्वोच्चतिर केन्द्रित छ।


खबर सबै
-
‘ह्वाइट टेम्पल’ झल्किने महोत्सव प्रवेशद्वार, स्तूपाको परिक्रमा गर्दै दर्शकले पाउनेछन् प्रवेश
-
रिडीमा ‘रुरु महास्नान’ को तयारी
-
ध्वनि प्रदूषण नियन्त्रणमा रुपन्देही प्रशासनको कडाइ
-
यातायात व्यवस्था कार्यालय बुटवलबाट ७ बिचौलिया पक्राउ
-
एनपीएल क्रिकेटको उपलब्धि तथा आगामी संस्करणका अपेक्षा
-
दसौंँ राष्ट्रिय खेलकुदअन्तर्गत पौडी प्रतियोगिता नेपालगन्जमा सुरु
-
यातायात व्यवस्था कार्यालय बुटवलबाट ७ बिचौलिया पक्राउ
-
एनपीएल क्रिकेटको उपलब्धि तथा आगामी संस्करणका अपेक्षा
-
दसौंँ राष्ट्रिय खेलकुदअन्तर्गत पौडी प्रतियोगिता नेपालगन्जमा सुरु
-
एकदिवसीय क्रिकेटमा वैभव सूर्यवंशीको कीर्तिमान
-
रुपन्देहीमा दाउरा प्रहारबाट घाइते श्रीमानको मृत्यु, श्रीमती पक्राउ
-
भारतबाट फर्केपछि ‘देश उँभो लाउने टोली’ भन्दै बालेनले राखे दुई मन्त्रीसँगको तस्बिर







प्रतिक्रिया